Birat Post मंगलबार, साउन ०९, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,९ साउन /
विराटनगर । विराटनगरस्थित अरनिको कलेजमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई अभिमुखिकरण प्रदान गरिएको छ ।

कलेजले मंगलबार एक कार्यक्रम आयोजना गरी भर्ना भएका विद्यार्थीहरुलाई अभिमुखिकरण गराएको हो । विज्ञान संकायमा ९२० र होटेल मनेजमेन्ट र व्यवस्थापन संकायमा ८० जना विद्यार्थी भर्ना भएका छन् । भर्ना भएका विद्यार्थीहरुलाई अभिमुखिकरण गराएको अरनिको कलेजका प्रिन्सिपल राजेश कार्कीले जानकारी दिए । नयाँ भर्ना भएका विद्यार्थीहरुलाई कलेजको नियम र कसरी अध्ययन गर्दा अब्बल नतिजा ल्याउन सकिन्छ त्यस विषयमा विद्यार्थीलाई अभिमुखिकरण गराएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला रहेका थिए । सोही अवसरमा कलेजले लिएको आन्तरीक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई नगदसहित पुरस्कृत गरिएको छ ।

कार्यक्रममा बोल्दै महानगर प्रमुख कोइरालाले प्रविधिसँगै सीप र संस्कारसहितको शिक्षा आजको आवश्यकता भएकोले बताए । विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यालयहरु अगाडी बढनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा उत्प्रेरक डा. तारा गिरी, विराटनगर १० का वडाअध्यक्ष अर्जुन गिरी, अरनीको कलेजका अध्यक्ष लक्ष्मीप्रसाद अधिकारी, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको सहायक क्याम्पस प्रमुख डिल्ली पोखरेल, कजेजका कार्यक्रम संयोजक विकाश खनाल र निर्देशक भरत दाहाललगायतले शुभकामना व्यक्त गरेका थिए । ।

 

 

सम्बन्धित

ताजा अपडेट
पृथ्वीनारायण शाह, जंगबहादुर र बिपीले नेपालको अस्तित्व जोगाएका हुन्ः पशुपति शमशेर
दुध उत्पादक कृषकका समस्या समाधान हुन्छ : मुख्यमन्त्री कार्की
विराटनगरमा सुर्तीजन्य पदार्थको सेवन र बिक्रीवितरणमा कडाइ

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल