Birat Post शनिबार, भाद्र २३, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२३ भदौ । दाहाल प्रतिष्ठान केन्द्रीय समिति अन्तर्गत स्थापित विभिन्न कोषबाट तीन सञ्चारकर्मीसहित विभिन्न संस्था सम्मानित भएका छन । दाहाल प्रतिष्ठान विराटनगरले शनिबार विशेष समारोहको आयोजना गरेर पत्रकारिता क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि सकृय पत्रकार शंकर खरेललाई २५ हजार ५ सय ५५ राशिको  श्रीनारायण, श्रीप्रसाद–दिब्यराज दाहाल पत्रकारिता सम्मान
यस्तै उदघोष दैनिकका समाचार सम्पादक एवं बीबीसी नेपाली सेवाका संवाददाता विक्रम निरौलालाइ  विद्यादेवी, बाबुराम, सरस्वती दाहाल सेवा कोष पुरस्कार दिइएको हो । पुरस्कारको राशी नगद १५ हजार रहेको छ । यस्तै पत्रकार  मीनकुमार नवोदित र साहित्यकार सविता गौतम दाहाललाई सम्मानित भएका छन ।
प्रतिष्ठानले विभिन्न धार्मिक संघसंस्था, समाजसेवीहरूलाई पनि सम्मान गरेको छ ।सो अवसरमा राधारमण मन्दिर विराटनगरलाई ६ लाख ११ हजार रुपैयाँ नगदसहित सम्मानित गरिएको छ । यस्तै बराहदर्शन फाउण्डेशनलाई २ लाख ८२ हजार रुपैयाँ नगद राशीसहित सम्मानित गरिएको छ । यस्तै धार्मिक अगुवा पुण्यप्रसाद दाहाल, गृहिणी अञ्जु दाहाल रेग्मी, रञ्जीतकुमार राजवंशी र स्वामी दीनबन्धु शास्त्रीलाइ पनि सम्मान गरियो । दाहाल प्रतिष्ठान केन्द्रिय अध्यक्ष दुर्गाप्रसाद दाहाल, निवर्तमान अध्यक्ष शालिग्राम दाहाल र पुरस्कारका लागि अक्षयकोष स्थापना गर्ने परिवारका सदस्यहरूले नगद राशी र सम्मानपत्र प्रदान गरेका थिए । कार्यक्रममा तिजको दरसमेत खुवाइएको थियो ।

सम्बन्धित

ताजा अपडेट
विपिनको रिहाइका लागि परराष्ट्रमन्त्रीले गरिन् इरानका विदेशमन्त्रीसँग फोनवार्ता
सुनसरीको बर्जुमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
चितवनमा रवि लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गर्न आदेश

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल