Birat Post आइतबार, आश्विन ०७, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,७ असोज । विराटनगरमा दसैँ सडक महोत्सव हुने भएको छ। विराटनगरमा आइतबार पत्रकार सम्मेलन गर्दै महोत्सवका संयोजक जतिन ताम्राकारले सडक महोत्सवमा विभिन्न जातजातिका खानेकुरा, मनोरञ्जनात्मक सांगीतिक कार्यक्रम, बालबालिकाका लागि मनोरञ्जन गतिविधि, चित्रकला लगायत रहने जानकारी दिए।

असोज २८ गतेबाट कार्तिक ४ गतेसम्म हुने महोत्सवमा नेवारी, मारवाडी, राई लिम्बू, राजवंशी लगायतका खानेकुरा परिकार बनाएर विक्री गर्ने उनले बताए। आर्थिक रुपमा विराटनगर शिथिल रहेको बताएका संयोजक ताम्राकारले महानगरदेखि जिल्ला प्रशासन कार्यालयसम्म कार्यक्रमको लागि स्वीकृत लिइसकेको जानकारी दिए।

विराटनगरको महेन्द्र चौकबाट ट्राफिक चौकसम्म हुने सडक महोत्सव सकारात्मक देखिए मासिक रुपमा समेत कार्यक्रम गर्न सकिने गरी महानगरसँग कुरा भएको ताम्राकारको भनाइ छ। सडक महोत्वसमा २० देखि २५ वटा नयाँ तरिकाको स्टल रहने बताएका ताम्राकारले खानपानसंगै हस्तकलाका सामाग्री समेत उपलब्ध हुने जानकारी दिए।

सडक महोत्सवको चौथो संस्करणमा आयोजक भाजु युवराज फाउण्डेसन र मन्जिना मुभिज छन्। आयोजक पक्षले कार्यक्रमका लागि करिब २५ लाख रुपैया खर्च हुने जनाएको छ।

सम्बन्धित

ताजा अपडेट
नेपाली कांग्रेस विराटनगर-४ ले गर्‍ र्यो क्रियाशिल जेष्ठ नागरिकको सम्मान
युवाको आकर्षण नबढाए काँग्रेस कमजोर हुन्छ: नेता कोइराला
चक्रे मिलनसहित १९ जनालाई सात दिन हिरासतमा राख्न अनुमति

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल