Birat Post बुधबार, कार्तिक १५, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,१५ कात्तिक । सन् २०३४ को विश्वकप फुटबलको आयोजना साउदी अरेबियाले गर्ने पक्का जस्तै भएको छ । अर्को दाबेदार मुलुक अष्ट्रेलियाले नाम फिर्ता लिएपछि साउदीले आयोजना गर्ने पक्का जस्तै भएको हो ।

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) मा दाबेदारी प्रस्तुत गर्ने औपचारिक समय सकिनु अगाडि अष्ट्रेलिया पछि हटेसँगै साउदी एकमात्र दाबेदार बचेको हो ।

फुटबल अष्ट्रेलियाले सन् २०२६ को एएफसी वुमेन्स कप र सन् २०२६ को क्लब वर्ल्डकप आयोजनामा आफू केन्द्रित हुन चाहेको भन्दै सन् २०३४ को आयोजनाबाट पछि हटेको हो ।

साउदीले भने सन् २०२२ कै विश्वकप आयोजना गर्नका लागि निकै मेहनत गरेको थियो । उसले कतारमा सम्भव नहुने भन्दै आफूले आयोजना गर्ने दाबी गर्दै आएको थियो ।

तर कतारले भने सन् २०१० देखि नै आयोजनाका लागि मैदान बनाउन थालेको थियो । पहिलो पटक विश्वकप फुटबल नोभेम्बर–डिसेम्बरमा कतारमा भएको थियो । जबकि सामान्यतया विश्वकप जुन–जुलाईमा हुने गर्छ ।

सन् २०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा गर्दैछन् ।

सन् २०३० को विश्वकप मोरक्को, पोर्चुगल र स्पेनले संयुक्त रुपमा आयोजना गर्नेछन् ।

सम्बन्धित

ताजा अपडेट
प्राथमिक उपचारसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न
रास्वपाको असोज १ र २ गते राष्ट्रिय भेला हुने
भारतीय कम्युनिष्ट नेता यचुरीको निधन

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल