Birat Post बुधबार, कार्तिक १५, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१५ कात्तिक / रोटरी क्लब अफ विराटनगर डाउन टाउनले सफाई महिला कर्मचारीहरुलाई पोशाक वितरण गरेको छ । विराटनगरस्थित बालिका विद्यालयमा आयोजित कार्यक्रममा संस्थाले घर–घरमा गएर सरसफाई गर्ने महिलाहरुलाई पोशाक वितरण गरेको हो ।

कार्यक्रमा विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले सफाई महिला कर्मचारीलाई सारी, चोलो, खाजा, मिठाई र जुस वितरण गर्नुभएको थियो । तिहार र छठ पर्वलाई ध्यानमा राखेर ५० जना सफाई कर्मचारीलाई पोशाकसहितका सामग्री वितरण गरिएको कार्यक्रम संयोजक गिरिजा सारडाले जानकारी दिनुभयो ।
त्यस्तै सोही अवसरमा प्लाष्टिकको झोला प्रयोगलाई निरुत्साहित गर्ने उद्देश्यका साथ कपडाको झोलासमेत वितरण गरिएको थियो ।

बालिका विद्यालयको पर्खालमा नेपालको संस्कृति र कला झल्किने चित्रहरु बनाइए आयोजक संस्थाकी अध्यक्ष कुसुम सेनवाला बताउनुभयो । कार्यक्रममा उपमेयर कार्कीले विराटनगरको विकासमा रोटरीजस्ता सामाजिक संस्थाहरुको भूमिका महत्वपूर्ण हुने विचार व्यक्त गर्नुभयो । सबैको सहकार्यले मात्रै विराटनगरको चौतर्फी विकास हुने उहाँको भनाइ थियो ।

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरुमाथी रिसिबी साँध्दै सरकार,आन्दोलनमा सहभागी १५८ शिक्षकको सरूवा
संक्रमणकालीन न्यायसम्बन्धी समानन्तर नागरिक आयोग बनाउने चेतावनी
आज देशका यी स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल