Birat Post सोमबार, कार्तिक २०, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२० कात्तिक / इलामको रोङ गाउँपालिका वपडा नम्बर ३ कोलबुङमा दुर्घटनामा परेको कार जलाएको अवस्थामा भेटिएको छ । गत मंसिर १ गते दुर्घटनामा परेको कार लिन जाँदा जलाएको अवस्थामा भेटिएको कार धनी सचिन पोखरेलले जानकारी दिनुभयो । सडकबाट करिब ३ सय मिटर तल झरेर दुर्घटना भएको सो कार डेढ महिनादेखि दुर्घटनास्थलमै रहेको र शनिबार लिन जाँदा जलाएको अवस्थामा भेटिएको उहाँले बताउनुभयो ।

इलामबाट झापातर्फ आउँदै गरेको बी एए १६९२ को कार दुर्घटना हुँदा ५२ वर्षीय कारधनी पोखरेलसहित ५७ वर्षीय राजकुमार पौडेल, विराटनगर–२ का २४ वर्षीय अर्जुन महर, झापा दूधेका मनोज राईसहित ५ जना घाइते हुनुभएको थियो ।

प्रहरी चौकी हर्कटे इलामका प्रहरी सहायक निरीक्षक रमेश बस्नेतको टोलीले दुर्घटनामा परेकाहरुको उद्धार गरी उपचारका लागि झापास्थित वीएण्डसी अस्पताल पठाएको थियो । उपचारपछि कारधनी पोखरेल घर फर्किनुभएको थियो । नेपाली कांग्रेस विराटनगर महानगर समितिका सहसचिवसमेत रहनुभएका पोखरेलले कार जलाउनेलाई पक्राउ गरी कारबाही गर्न मागसमेत गर्नुभएको छ ।

 

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरुमाथी रिसिबी साँध्दै सरकार,आन्दोलनमा सहभागी १५८ शिक्षकको सरूवा
संक्रमणकालीन न्यायसम्बन्धी समानन्तर नागरिक आयोग बनाउने चेतावनी
आज देशका यी स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल