Birat Post शुक्रबार, मंसिर २२, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२२ मंसिर । उत्त्पत्तिका एकादशी अर्थात् वर्षकै पहिलो एकादशी शुक्रबार मनाइँदैछ। पञ्चांगमा एकादशी तिथि शनिबार बिहान ४:२६ बजेसम्म रहने उल्लेख छ।​ एकादशीको व्रत शुरु गर्नेहरूले यसै दिनलाई आधार मान्ने गर्छन्। एकादशी मार्गशीर्ष कृष्ण पक्षमा शुरु भएर कार्तिक शुक्ल पक्षमा समाप्त हुने बताइन्छ। एकादशी महिनामा दुई पटक पर्छ, शुक्ल पक्षमा र कृष्ण पक्षमा। यो हिसाबले वर्षमा २४ वटा एकादशी हुन्छन्।

यो तिथि भगवान् विष्णु वा नारायणसँग सम्बन्धित पर्व हो। एकादशीका दिन अन्न नखाने, बेलुकी एक छाक रोटी खाने, दुई दल भएका पदार्थ नखाने परम्परा छ। वैष्णव धर्म नलिएकाले पनि एकादशीका दिन मांसाहार नगर्नेजस्ता नियम अँगालेको पाइन्छ। एकादशीका दिन विशेषगरी भगवान् विष्णुको पूजा आराधना गर्ने, माहत्म्य पाठ गर्नेजस्ता कर्म गरिन्छ।

विभिन्न पुराणमा एकादशीको उत्पत्ति, माहत्म्य र फलबारे बताइएको छ। एकादशी माहत्म्यमा पनि प्रत्येक यो दिन गर्ने र नगर्ने कामका विषयमा उल्लेख पाइन्छ।

सम्बन्धित

ताजा अपडेट
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु
बालेन्द्र शाह दलको नेता चयन, प्रधानमन्त्रीको शपथ लिने बाटो खुल्यो
आयोगको प्रतिवेदन सार्वजनिक भएको सन्दर्भमा गम्भीर असन्तुष्टि

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल