Birat Post शनिबार, मंसिर २३, २०८० मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर, २३ मंसिर ।
दलित अधिकार ऐन निर्माण गर्न सक्रिय भएर लाग्ने कोशी प्रदेशका सांसदहरुले प्रतिबद्धता जनाएका छन ।
संघीयता कार्यान्वयनमा आएको दुई कार्यकाल लागिसक्दा पनि अझै दलितहरुको अवस्था नाजुक रहेको र उनीहरुले जातिय विभेद र छुवाछुतको अमानविय पिडा भोग्नु परिरहेकोले चाँडै दलित अधिकार ऐन निर्माण गराउन आफुहरु सक्रिय भएर लाग्ने कोशी प्रदेशका सांसदहरुले प्रतिबद्धता जनाएका हुन ।

शुक्रबार विराटनगरमा भएको छलफलमा प्रदेश सांसद लिलाबल्लभ अधिकारीले दलितहरुले बर्षौदेखी भोग्नुपरेको अमानविय व्यवहारबाट मुक्त्त गराउदै क्षतिपुर्ति दिलाउन कोशी प्रदेशमा शक्त्ति सम्पन्न संरचना सहितको दलित अधिकार ऐन निर्माण गर्नुपर्नेमा जोड दिए । उनले ऐन निर्माण भएपछि मात्र दलितहरुले संबिधानमा उल्लेख भएको हक अधिकार उपभोग गर्न सहज हुन्छ भने । सांसद जयप्रकाश चौधरीले सबैभन्दा पछाडी पारिएको समुदायलाई सहजरुपमा सेवा सुविधा प्रदान गरेर जिवनस्तर उकास्न ऐन आवश्यक भएकोले आफुले पनि शसक्त्त भुमिका खेल्ने बताए ।

प्रदेश सांसदहरु गीता तिम्सना , किशोरचन्द्र दुलाल, नारायणबुर्जा मगर , ललिता चौधरी , सुनिता गच्छदार लगायतले समानुपातिक शमावेशितालाई व्यवहारमा कार्यान्वयन गराउन प्रदेशमा दलित अधिकार ऐन आवश्यक देखिएकोले चाँडो निर्माण गराउन प्रदेश सभामा आफुहरुको भुमिका सक्रृय हुने प्रतिबद्धता गरे । सांसदहरु कमला दर्नाल र सुनिता रामले दलित अधिकार ऐन निर्माण गराउन गैरदलित समुदायका सांसदहरुले सक्रियरुपमा सहयोग गरेमात्र चाँडै ऐन निर्माण हुनसक्छ भन्दै सहयोग गर्न आग्रह गरे ।

अनुसन्धानकर्ता जेबी विश्वकर्माले प्रदेशमा दलित अधिकार ऐन निर्माण भएर कार्यान्वयन हुनसके मात्र जर्जर गरिबी र अमानविय व्यवहार भोग्न बाध्य दलित समुदायले न्याय र राज्यको सेवा सुबिधाको अनुभुति गर्न सक्छन भने । उनका अनुसार मधेश र कर्णाली प्रदेशमा दलित अधिकार ऐन निर्माण भएर कार्यान्वयनमा आइसकेको र अन्य प्रदेशमा निर्माणको क्रममा रहेको तर कोशी प्रदेशमा भने ढिलाई भैरहेकोले चाँडो ऐन निर्माण गराउन सांसदहरुको भुमिका महत्वपुर्ण हुन्छ भने ।

अधिकारकर्मी उमेश विश्वकर्माले कोशी प्रदेशमा दलित अधिकार ऐनको मस्यौदा बनिसकेपनि सरकार र सांसदहरुले चासो नदिँदा प्रदेश सभामा दर्ता भएर पारित हुन ढिलाई भैरहेको जानकारी दिए । अभियन्ता प्रकाश परियारले दलित अधिकार ऐन चाँडो निर्माण गराउने सांसदहरुको ईतिहासमा नाम उल्लेख हुने भएकोले सक्रिय रुपमा सहयोग गर्न आग्रह गरे ।

 

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरुमाथी रिसिबी साँध्दै सरकार,आन्दोलनमा सहभागी १५८ शिक्षकको सरूवा
संक्रमणकालीन न्यायसम्बन्धी समानन्तर नागरिक आयोग बनाउने चेतावनी
आज देशका यी स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल