Birat Post आइतबार, पुष ०१, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१ पुष ।  विराटनगर-४ स्थित जामुनगाछीका युवाहरूले गठन गरेको ‘हामी सबैको युनाइटेट युथ’ नामक संस्थाले मानवसेवा आश्रमलाई खाद्य सामग्री उपलब्ध गराएको छ । आइतबार विराटनगर-३ मा अवस्थित आश्रममा  संस्थाले १८ हजार बराबरको खाद्य सामग्री उपलब्ध गराएको हो ।

संस्थाले सय केजी चामल, ५० केजी आलु, २० केजी प्याज, १० केजी दाल, एक कार्टुन विष्कुट, १० केजी फलफुल र ८ केजी आँटा वितरण गरेको हो । देउसी-भैलो कार्यक्रम मार्फत संकलन भएको रकमबाट आश्रममा खाद्य सामग्री वितरण गरिएको संस्थाका संस्थापक अध्यक्ष विनोद दाहालले जानकारी दिए । सचिव विनोद घिमिरेले आगामी दिनमा पनि आश्रममा संस्थाले सकेको सहयोग गर्ने बताए ।

संस्थापक अध्यक्ष दाहाल, अध्यक्ष अच्युत खतिवडा, सचिव विनोद घिमिरे, सनम अधिकारी, सन्तोष अधिकारी, नवरत्न संग्रौला, चुडामणी घिमिरे (गोपाल), विषम दाहाल लगायतको उपस्थितिमा खाद्य सामग्री वितरण गरिएको थियो ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल