Birat Post बुधबार, माघ १०, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१० माघ ।

१२ औं संस्करणको हिसान स्पोर्टस् मिट सुरू भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल मोरङ (हिसान) को आयोजनामा विराटनगरमा बुधबारदेखि हिसान स्पोर्ट्स मिट सुरु भएको हो ।

विराटनगरको वैजनाथपुरको क्रिकेट मैदानमा भएको खेलमा शिक्षादीप र अर्किड कलेज विजयी भएकोछ ।
पहिलो खेलमा अर्किडले नेशलन कलेजलाई ६३ रनको फराकिलो अन्तरले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको अर्किडले निर्धारित १३ ओभरमा ४ विकेट गुमाई १ सय ८ रन जोडेको थियो । जसमा सन्तोष चौधरीले ४४ रन जोड्दा राजाबाबु कामतले २० रन जोडे । नेशनलका लवन रिजालले २ विकेट लिए ।

१ सय ९ रनको चुनौती पाएको नेशनलले ९ दशमलव ५ बलमा सवै विकेट गुमाई ४५ रनमा सिमित भयो । जस्मा महमद हाज्रतले सर्वाधिक ११ रन बनाए । अर्किडका म्यान आफ द म्याच अरुण कामतले सर्वाधिक ४ विकेट लिए ।

दोस्रो खेलमा शिक्षादीपले लर्डबुद्ध कलेजलाई ८३ रनले पराजित गर्यो । टस जितेर ब्याटिङ गरेको शिक्षादीपले निर्धारित १५ ओभरमा ३ विकेट गुमाई १ सय ४९ रनको विशाल योगफल खडा गरेको थियो । म्यान आफ द म्याच अमन अन्सारीले विस्फोटन ब्याटिङ गर्दै ५४ बलमा १ छक्का र ९ चौका प्रहार गर्दै ८५ रनमा अविजित रहे । लर्डबुद्धका विनायक अन्सारीले ३ विकेट लिए ।

१ सय ५० रनको चुनौती पाएको लर्डबुद्धले निर्धारित ओभर सवै विकेट गुमाई ६६ रनमा सिमित भयो । जस्मा सुमित साहले सर्वाधिक ३९ रन बनाए । शिक्षादीपका सुजन बस्नेत सर्वाधिक ४ विकेट लिए ।
त्यस्तै शहिद मैदानमा भएको फुटबल खेलमा रेड स्टार, जेभियर्स, अरनिको र मेरिल्याण्ड विजयी भएका छन् ।
पहिलो खेलमा पथरीको रेड स्टारले विराटनगरको लर्डबुद्ध कलेजलाई पेनाल्टी सुटआउटमा ४–३ को गोलले हरायो ।

निर्धारित समयमा दुवै टिमले गोल रिहत बराबरीमा खेल खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो । खेलको म्यान अफ द म्याच रेड स्टारका गोलकिपर समिर विष्ट घोषित भए । दोसा्रे खेलमा बुढीगंगाको जेभियर्स स्कुलले शिक्षा सदनलाई वाक ओभरका आधारमा पारजित गरेको छ । निर्धारित समयसम्ममा शिक्षा सदन मैदानमा नआएपछि रेफ्रिले जेभियर्सलाई वाक ओभरमा विजयी घोषित गरेका हुन् ।
तेस्रो खेलमा विराटनगरका अरनिको कलेजले नेता चोकको पशुपति स्कूललाई ३–१ को गोल अन्तरले पराजित गरेको छ । अरनिको जितमा म्यान अफ द म्याच हिमेश पौडेलले २ गोल र सुरज कार्कीले १ गोल गरे भने पशुपतिका सुरज राईले १ गोल फर्काए ।

चौथो खेलमा मेरिल्याण्ड कलेजले सेन्टजेसेफ स्कुललाई २–१ को गोल अन्तरले पराजित गरेको छ । मेरिल्याण्डको जितमा म्यान आफ द म्याच तैम्बा तामाङ र श्रृयन्द्र ठकुरीले १–१ गोल गरे भने सेन्टजोसेफका मालन पोखरेलले १ गोल गरे माघ १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिता हिसानसँग आवद्ध २९ वटा कलेजहरुका १ हजार २ सय बढी विद्यार्थीहरुले सभागि छ ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल