Birat Post सोमबार, फाल्गुण २१, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२१ फाल्गुन । महिला क्रिकेट विकास गर्न र अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर तेस्रो संस्करण “इक्युवालिटि कप महिला क्रिकेट-२०२४ ” को आयोजना हुने भएको छ ।

सोमबार आयोजकले विराटनगरको ज्वाला क्रिकेट मैदानमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको बारेमा जानकारी गराएको हो । नेपाल क्रिकेट फाउण्डेसनले मोरङ क्रिकेट संघको प्राविधि सहयोगमा फाल्गुन २२ देखि फाल्गुन २४ गतेसम्म विराटनगर–६ मा रहेको ज्वाला क्रिकेट मैदान प्रतियोगिता सञ्चालन गर्ने फाउण्डेसनलका अध्यक्ष अभिषेक श्रेष्ठले जानकारी गराए ।

मुलुकमा महिला क्रिकेट प्रतियोगिता ज्यादै न्यून सङख्यामा हुने भएकोले त्यसलाई ध्यानमा राखि राष्ट्रियस्तरमा दक्ष खेलाडी उत्पादनमा सहयोग पुर्‍याउन खेलको आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

प्रतियोगितामा कोशी प्रदेशबाट मोरङ र इलाम गरि २ जिल्ला र मधेश प्रदेशबाट सिरहा र सप्तरीसहित ४ जिल्ला सभागि हुने सहभागिता हुने अध्यक्ष श्रेष्ठले बताए ।

लिगको आधारमा खेलाई सो प्रतियोगितामा टप दुई टिमले फाइनल खेल्ने खेल सम्योजक विशाल साहले बताए । खेल टि–२० फर्माटमा खेलाइने छ उनले जानकारी दिए । ४ दिन सम्म सञ्चालन हुने प्रतियोगिता सम्पन्न गर्न करिव ५ लाख ५० हजार खर्च हुने सम्योजक साहले बताए ।

यस क्षेत्रका महिला खेलाडीमा खेलप्रति आत्मविश्वास रहेको र प्रतियोगिताले उनीहरुको कौशलतामा वृद्धि गर्न सहयोग पुग्ने क्रिकेट विथआउट वाउण्ड्रिका स्वयंसेवक प्रशिक्षक रचना रामचन्दनले बताबताइन् । वाउण्ड्रिका स्वयंसेवक प्रशिक्षक वेलायती नागरिक काउपेड्रीले महिला खेलाडीमा क्रिकेटप्रति उत्सुकता रहेको पाएको जानकारी बताए ।

यस्तै अर्का स्वयंसेवक प्रशिक्षक एच लाम्वले महिलाहरुलाई घरपरिवारबाट खेल्न लगाइने बन्देज हटाउन चेतना वृद्धिको आवश्यक्ता रहेको उल्लेख गरे । प्रतियोगिताका वाउण्ड्रिका छ जना स्वयंसेवक प्रशिक्षक आएका छन् ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल