Birat Post मंगलबार, चैत्र ०६, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ,६ चैत्र ।   आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिता चैतको दोस्रो साताबाट सुरु हुने भएको छ । चैत १५ देखि २४ गते गतेसम्म विराटनगरको सहिद रंगशालामा फ्लडलाइटको माध्यमदेखि रात्रीकालिन हुने प्रतियोगिता विराट गोल्ड कप फुटबल ट्रष्ट आफैले गर्ने भएको हो । सहिद रंगशालमा मंगलबार पत्रकार सम्मेलन गरी गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको छ ।

विराटनगरको इज्जत र प्रतिष्ठासँग जोडिएको यति ठूलो प्रतियोगिता आयोजना गर्न सधैं निजी क्षेत्रका उद्योगी व्यवसायीलाई संयोजक तोकेर प्रतियोगिता गरिनुपर्ने बाध्यता थियो । बारम्बार निजी क्षेत्रकै पहल र सक्रियतामा प्रतियोगिता हुँदै आएको थियो । यस वर्ष गोल्डकप ट्रष्ट आफैले प्रतियोगिता गर्दैछ ।

प्रतियोगितामा बिदेशी तीन टिमसहितका स्वदेशी ‘ए’ डिभिजनका १० टिमको सहभागि हुने विराट गोल्डकप ट्रष्टका अध्यक्ष किशोर बहादुर शाहीले जानकारी दिए । गोल्डकपमा भारत कोलकत्ताको साउथर्न समिति फुटबल क्लब, भारत सिक्किमको सिक्किम ड्रागन फुटबल क्लब, भुटान थिम्फुको आर. टि.सी क्बल सहभागि हुँदैछ । नेपालका तीन विभागीय टिम नेपाल पुलिस, त्रिभूवन आर्मी, एपीएफ आउनेछन् । यसैगरी यस वर्षको लिग बिजेता टिम चर्च व्याइज फुटबल क्लब, ‘ए’ डिभिजन टिमहरु मच्छिन्द्र, एनआरटी क्बलको सहभागि हुने छ ।
गोल्डकप ट्रष्टले गत वर्षको भन्दा यस वर्षको पुरस्कार राशी झण्डै आधा घटाएको छ ।

बिजेताले ११ लाख र उपबिजेताले ५ लाख ५० हजार रुपैयाँ पाउनेछन् । गत वर्षको बिजतालाई नगद २० लाख १५ हजार र उपबिजेतालाई १० लाख १५ हजार रुपैयाँ थियो । यो वर्ष बिजेतालाई ९ लाखा १५ हजार र उपबिजेतालाई पाँच लाख ३५ हजार रुपैयाँ पुरस्कार राशी घटाएको हो । गत वर्षको गोल्डकपमा आयोजकलाई ८७ लाख १ हजार ४८ रुपैयाँ घाटा भएको थियो ।  यस वर्ष पुरस्कार राशी घटाउन बाध्य हुनु परेको हो,’ ट्रष्टका अध्यक्ष शाहीले भने ।
उत्कृष्ट प्रशिक्षकलाई, उत्कृष्ट गोलरक्षकलाई, सर्वाधिक गोलकर्तालाई जनही २१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । यसैगरी दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई नगद ११ हजार र सर्वोकृष्ण खेलाडीलार्य मोटरसाइकल दिने आयोजकले बताएको छ ।

साझको ६ बजे बजेदेखि सुरू हुने गोल्डकपको २, ३ र ५ सय रूपैयाँ टिकक रहेको छ । ‘फ्लडलाइटको माध्यमदेखि रात्रीकालिन गोल्डकप हुने भएकोले खेल रोमान्चित बन्नेछ,’ अध्यक्ष शाहीले भने, ‘प्रतियोगिता सम्पन्न गर्दा १ करोड १८ लाख ४३ हजार २ सय रुपैयाँ हुनेछ ।’ गतवर्षको सातौं संस्करणको विराट गोल्डकपको उपाधि घरेलु टोली विराटनगर सिटी (बीसीएफ) ले जित्दा पाहुना टोली भारत केरलाको लुका सकर क्लब उपबिजेत बनेको थियो ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल