Birat Post सोमबार, चैत्र १९, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, १९ चैत । दर्शन नेपाल निःशुल्क अभियानले विराटनगरमा वृक्षारोपण तथा बोटबिरुवा स्याहार कार्यक्रम सुरु गरेको छ । दर्शन नेपालका एक दर्जनभन्दाबढी सदस्यले शनिबार रोडशेषबाट वृक्षारोपण तथा बोटबिरुवा स्याहार कार्यक्रम सुरु गरेका हुन् ।

कोरोनाकालदेखि विभिन्न समाजिक क्षेत्रमा काम गर्दै आएकोे छ । विराटनगरको सौन्दर्यलाई बचाई राख्न यसखाले कार्यक्रम अगाडि बढाइएको अभियानका अध्यक्ष दीपक ढकालले बताए । हाईवे क्षेत्रमा सौन्दर्यकरणको लागि पहिलेदेखिनै रोपिएका तर हेरचाह नहुदाँ सुक्न पुगेका बोटबिरुवालाई पहिलो चरणमा जलमल गर्ने ढकालको योजना छ । दोस्रोचरणमा भने खाली ठाँउहरुमा नँया वृक्षारोपण गरी विराटनगरलाई हराभरा बनाउने अभियानको लक्ष्य रहेको अध्यक्ष ढकालले बताए ।

ढकालकै नेतृत्वमा अभियानले विराटनगरमा निःशुल्क शव बहान समेत संचालन गरिरहेको छ । त्यसबाहेक पनि क्यान्सर, मुटु रोग, मृगौलाका रोग लगाएतका गम्मभीर बिरामीसँग संर्घष गरिरहेकाहरुलाई पनि यस अभियानले सहयोग जुटाउँदै आएको छ । कोरोनाकालको बेलापनि विराटनगरमा हजार बढी घरलाई निशुल्क सेनिटाईज गरी सो अभियानले चर्चा कमाएको थियो ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल