Birat Post आइतबार, चैत्र २५, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२५ चैत ।मच्छिन्द्र फुटबल क्लब काठमाडौंले विराट गोल्डकप फुटबलको उपाधि पहिलो पटक चुमेको छ।

शनिबार सहिद मैदानमा सम्पन्न आठौं संस्करणको उपाधि भिडन्तमा मच्छिन्द्रले घरेलु टोली सांग्रिला मोरङ एफएलाई दुई शून्यले पराजित गर्दै उपाधि जितेको हो।

प्रतिस्पर्धात्मक बनेको उपाधि भिडन्तको निर्धारित ९० मिनेटको समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि थप गरिएको अतिरिक्त समयमा मच्छिन्द्रले गोल गर्दै जित सुनिश्चित गरेको हो।

मच्छिन्द्रका लागि खेलको १ सय १३ औं मिनेटमा छिरिङ गुरुङ र १ सय १९ औं मिनेटमा युसुफ थपलियाले गोल गरेका थिए। युसुफ थपलियाले प्रहार गरेको कर्नर किकमा गुरुङले हेड गर्दै बल विपक्षीको जाली चुमाउन सफल भए।

पहिलाे गोल भएको ६ मिनेटमै मच्छिन्द्रले अर्को एक गोल थप्न पुग्यो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका युसुफले करिब ३० यार्डको दुरीबाट गाेल प्रहार गरेका थिए। युसुफको सो गोलसँगै मच्छिन्द्रले पहिलोपटक उपाधि हात पार्‍याे।

९० मिनेटसम्मको खेलमा दुवै टोलीले गोलका अवसर पाए पनि दुवै टिमले सदुपयाेग गर्न सकेनन्।

खेलपछि पोष्ट म्याच कन्फ्रेन्समा पराजित टोली मोरङका प्रशिक्षक रानु रानामगरले खेलाडी चोटिल हुँदा खेलमा लय गुमाउनु परेको बताए।

उनले भने, ‘डिफेन्समा क्याप्टेन अभिषेक लिम्बू घाइते भएर बाहिरिनु नै हाम्रो लागि अप्रिय भएको हो। पहिलो गोल पनि डिफेन्सको कमजोरीमा हुन पुग्यो। हामीले एउटा बलियो राष्ट्रिय टोलीसँग कडा प्रतिस्पर्धामा हार बेहाेरेका हौं। मच्छिन्द्र एउटा बलियो र सेटअप टोली हो।’

त्यसैगरी, जित हात पारेको मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले कडा प्रतिस्पर्धाका बावजुद उपाधि हात पार्नु सुखद भएको बताए।

प्रशिक्षक न्यौपानेले भने, ‘घरेलु टोलीलाई उसकै मैदानमा हराउन कठिन हुने बुझेका थियौं। त्यसका लागि मानसिक रूपमा तयार पनि थियौं। ९० मिनेटभित्र गोल गर्ने गरी आक्रमक शैलीमा खेलेका थियौं। त्यसमा सफल भएनौं। तर अतिरिक्त समयमा दुई गोलले सिजनको तेस्रो उपाधि पाएका छौं।’

उपाधि हात पारेको सहिद स्मारक ए डिभिजन लिगको उपविजेता मच्छिन्द्रले ११ लाख रुपैयाँ हात पारेको छ। यससँगै मच्छिन्द्रका लोकेन लिम्बु ११ हजार रुपैयाँसहित प्लेयर अफ द म्याच घाेषित भए।

मच्छिन्द्रका सन्तोष न्यौपाने उत्कृष्ठ प्रशिक्षक, क्याप्टेन विशाल श्रेष्ठ उत्कृष्ठ गोलरक्षक, २ गोल गरेका स्टेफन विनोद सर्वाधिक गोलकर्ता भए। अर्कोतर्फ, पराजित टोलीका महेन्द्र कार्की सर्वोत्कृष्ठ खेलाडी हुँदै मोटरसाइकल हात पार्न सफल भए।

२०१८ सालमा उपविजेता बनेको मोरङको टोली यसपटक पनि उपविजेतामा चित्त बुझाउन बाध्य भयो। सांग्रिला मोरङले उपविजेता हुँदै ५ लाख ५० हजार रुपैयाँ हात पार्‍याे।

सम्बन्धित

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल