Birat Post बिहिबार, चैत्र २९, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं । पत्रकार प्रतीक श्रेष्ठ सम्मानित भएका छन् । पत्रकारिता क्षेत्रमा पुर्‍याएको विशिष्ट योगदानको कदर गर्दै न्यूज एक्सप्रेस मिडिया प्रालिले श्रेष्ठलाई सम्मान गरेको हो ।

प्रालिले राजधानी काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा गत मंगलबार एक कार्यक्रम आयोजना गरी उनलाई सम्मान गरेको हो ।

कोशी प्रदेशबाट सञ्चार क्षेत्रमा विशेष योगदान पुर्‍याएबापत श्रेष्ठ सम्मानित भएका हुन् । उत्कृष्ट दृश्य सम्पादन र भिडियोमा पुर्‍याएको योगदानको कदरस्वरूप उनलाई सम्मान गरिएको हो ।

कार्यक्रममा पत्रकार श्रेष्ठसँगै वरिष्ठ पत्रकार भैरव रिसालसहित सञ्चार क्षेत्रमा विशेष योगदान पुर्‍याउने २४ जना सञ्चारकर्मी विभिन्न विधाका अवार्डबाट सम्मानित भएका थिए । वरिष्ठ पत्रकार रिसाललाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको हो ।

त्यस्तै समाजसेवी तथा सामाजिक अभियन्ता सावीत्री अधिकारी सम्मानित भएकी हुन् । उनले देश-विदेशमा मृत्यु भएर नेपाल ल्याउन समस्या भएका शवलाई नेपाल ल्याउन गरेको योगदानको कदरस्वरूप सम्मान गरिएको हो ।

उनले २ सयभन्दा बढी शव विभिन्न देशबाट नेपाल ल्याउन सक्रिय भूमिका खेलेकी थिइन् ।

देशको चौथो ठूलो अंगका रूपमा रहेको सञ्चार जगतमा अहरोत्र खटिएर महत्त्वपूर्ण योगदान गर्ने सञ्चारकर्मीहरूलाई प्रोत्साहन गर्न उक्त सम्मान गरिएको संस्थाका अध्यक्ष मिलन सिंहले बताए । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरमार्फत अवार्ड वितरण गरिएको थियो ।

सम्बन्धित

ताजा अपडेट
कक्षा-३ का विद्यार्थीहरूको पढाइ तथा गणितीय सीप परीक्षण हुदै, कोशी प्रदेशका ११० विद्यालय छनौट
जनताले गाँस काटेर जम्मा गरेको रकम हिनामिना गर्ने सहकारीलाई कारबाही हुन्छ: मेयर कोइराला
बुद्धजयन्तीका अवसरमा निःशुल्क आँखा शिविर

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल