Birat Post मंगलबार, बैशाख ०४, २०८१ मा प्रकाशित

featured photo: Birat Post

बिर्तामोड ४ बैशाख । महिला, बालबालिका माथि हुने हिंसा, चेलीबेटी बेचविखन तथा लागू औषध नियन्त्रण सम्बन्धि एकदिने सचेतनामूलक कार्यक्रम झापाको बिर्तामोडमा सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाको आर्थिक सहयोग तथा एविसी नेपाल झापाको आयोजना सञ्चालित कार्यक्रमको बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौलाले गरेका थिए ।

एबिसी नेपाल झापाकी अध्यक्ष कञ्चना ढकाल सिटौलाको अध्यक्षता तथा उपप्रमुख संग्रौलाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि संग्रौला, बिशिष्ठ अतिथि इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रकाश बिष्ट, पञ्चरत्न मावि बिर्तामोड २ का प्रधानअध्यापक योगेन्द्रमणी दाहाल, सामाजिक व्यक्तित्व मोहनसिंह राजवंशी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

स्थानीयबासीको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा लागू औषध सम्बन्धी राजु गिरीले सहजीकरण गरेका थिए भने हिंसा तथा मानव बेचबिखन सम्बन्धी विक्रम वाग्लेले सहजीकरण गरेका थिए । पञ्च रत्न माविमा सञ्चालित सचेतनामुलक कार्यक्रममा नेपाल परिवार नियोजन संघका पूर्व सभापति दिपेन्द्र ढकाल, समाज सेवी ,धर्म लक्सम्बा, डोमालाल राजबंशी, सागर पकवाल, लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा ७९ जनाको सहभागिता रहेको कार्यक्रमको सञ्चालन आयोजक संस्थाकी सचिव देविका बस्नेतले गरेकी थिइन भने स्वागत शुष्मा पौडेलले गरेको सदस्य रिता कार्की कोइरालाले जानकारी दिइन् ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल