Birat Post शुक्रबार, बैशाख ०७, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,७ शुक्रबार । चौथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरी सेमिफाइनलमा पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा शुक्रबार भएको उदघाटन खेलमा महोत्तरीको नगर खेलकुद विकास समिति वर्दिवासलाई ४–१ गोलले हराउँदै एपीएफ सेमिफाइनमा पुगेको हो ।

जितको लागि एपीएफका हरी कार्कीले दुई गोल, दिसन राई र धनबहादुर श्रेष्ठले १–१ गोल गरे । बर्दिबासका पवन पाख्रिनले सान्तवना गोल फर्काए । जितसँगै एपीएफले पहिलो सेमिफाइन खेल आइतबार हुने टिडबलुवाइसि विराटनगर र कनकाइ स्पोर्टिङ क्लब सुरुङगा झापाबीचको बिजेता टिमसँग खेल्नेछ ।

एक पक्षीय खेल पस्किएको एपीएफले खेल सुरु भएको ११ औं मिनेटमा हरी कार्कीले गोल गरी टिमलाई अग्रता दिए । एपीएफका कप्तान उज्वल चाम्लिङ्गले निकालेको पासलाई हरीले गोलमा परिणत गरे । पहिलो गोल गरेको एक मिनेट बित्न नपाउँदै दिसन राईले २५ यार्डबाट गरेको प्रहारले जाली चुम्यो । दोस्रो गोल पनि एपीएफका कप्तान उज्वलले पास निकालिदिएका थिए । २२ औं मिनेटमा हरी कार्कीले गोल गरी अग्रता तेब्बर बनाए । भरत कपालीले कर्नर लाइनबाट निकालेको पासलाई हरीले आकर्षक गोल गरे । दोस्रो हाफको अतिरिक्त समयमा एपीएफका धनबहादुर श्रेष्ठले गोल टिमको जित सुनिश्चत गरे ।

खेलको ५५ औं मिनेटमा बर्दिबासका पवन पाख्रिनले सान्तवना गोल फर्काए । खेलको सुरूवातदेखि आक्रमक खेल पस्किएको एपीएफले अन्तिमसम्म दवाबमा राख्न सफल भयो । खेलको १६ औं मिनेटमा बडिपले गरेको कडा प्रहार बाहिरयो । ३७ औं मिनेटमा बर्दिवासका कृष्ण मगरको प्रहार पोस्ट माथिबाट बारियो । खेलको म्यान अफ द म्याच एपीएफका हरी कार्की भए । उनले नगद तीन हजार पाए ।
प्रतियोगिताको शनिबारको खेल पेमा युवा क्लब विराटनगर र पियर फुटबल क्लब धरान सुनसरी बिच हुनेछ ।

मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा भएको प्रतियोगितमा प्रदेश स्तरीय ‘ए’ डिभिजनका ८ टिमको सहभागि रहेको अध्यक्ष विष्णु डंगोलले जानकारी दिए । वैशाख ७ गतेबाट सुरु भएको प्रतियोगिताको फाइनल वैशाख १५ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद २ लाख ११ हजार एक सय र उप विजेताले १ लाख ११ हजार १ सय रुपैयाँ पाउने खेल संयोजक मनोज खड्काले जानकारी दिए ।

 

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल