Birat Post शनिबार, बैशाख २२, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२२ बैशाख ।  “२०८० सालको महाभीम पुरस्कार  अरुणोदय उच्च माध्यमिक विद्यालय चरम्बी (भोजपुर) लाई” महाभीम स्मृति कोषबाट प्रदान गरिने -२०८० सालको महाभीम धर्म, संस्कृति एवम् समाज सेवा पुरस्कार (दोस्रो)  अरुणोदय उच्च माध्यमिक विद्यालय चरम्बी (भोजपुर), अरुण-४ लाई प्रदान गरिएको छ ।

चरम्बी पिपल डाँडामा महाभीम स्मृति कोष-२०७९ ले आयोजना गरेको एक पुरस्कार वितरण समारोहमा रु. एक लाख राशि सहितको “महाभीम धर्म संस्कृति एवम् समाज सेवा पुरस्कार” उक्त कोषका संस्थापक एवं संरक्षक  प्रभुप्रसाद पराजुलीले अरुणोदय उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक  माधवप्रसाद पराजुलीलाई प्रदान गर्नुभयो।

उक्त कोषका कार्य सम्पादन समितिको अध्यक्ष  इन्दिरा रिजालले प्रमाण-पत्र प्रदान गरी श्री अरुणोदय उ. मा. विद्यालयलाई सम्मानित गर्नुभयो । साथै उक्त कोषका महासचिव  प्रसन्न पराजुली र उपाध्यक्ष  कविता मैनालीले खादा तथा अबीर लगाएर अतिथिहरुको स्वागत सम्मान गर्नुभयो । उक्त समारोहको सभापतित्व गाउँ शिक्षा समितिका अध्यक्ष जङ्गबहादुर राईले गर्नुभएको थियो। अरुण गाउँपालिकाका अध्यक्ष शालिग्राम खत्रीले प्रमुख अतिथिको भूमिका निर्वाह गर्नुभएको थियो भने अन्य अतिथिहरुमा समाजसेवी  तोरण कार्की, गुरुकुलका प्राचार्य  सोमनाथ कोइराला, लोचावा श्री पुण्यप्रसाद पराजुली, प्रशासनिक अधिकृत मणिराम खतिवडा समेत करिव ४०० जना गाउँका अभिभावक, विद्यालय संचालक समितिका सदस्यहरुको उपस्थिति थियो ।

उक्त प्रदान गरिएको पुरस्कारको रकम अक्षय कोषमा राखिएको र त्यसको ब्याजबाट प्रत्येक वर्ष जेहन्दार तथा गरीब विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने व्यवस्था समेत गरिएको उक्त स्कूलका प्रधानाध्यापक  माधवप्रसाद पराजुलीले जानकारी दिनुभयो । साथै कोषका अध्यक्ष  ईन्दिरा रिजाल तथा उपाध्यक्ष कविता मैनालीले स्कूलका करिब ३०० विद्यार्थीहरुलाई कापी, डटपेन र बिस्कुट वितरण गर्नुभयो।

महाभीम धर्म संस्कृति तथा समाजसेवा पुरस्कार, महाभीम स्मृति कोषका संस्थापक तथा संरक्षक  प्रभुप्रसाद पराजुलीका स्वर्गिय माता महादेवी पराजुली तथा पिता भीमप्रसाद पराजुलीको सम्झनामा २०७९ सालमा विराटनगर–२ मा महाभीम स्मृति कोषको स्थापना भएको हो ।

सम्बन्धित

ताजा अपडेट
कक्षा-३ का विद्यार्थीहरूको पढाइ तथा गणितीय सीप परीक्षण हुदै, कोशी प्रदेशका ११० विद्यालय छनौट
जनताले गाँस काटेर जम्मा गरेको रकम हिनामिना गर्ने सहकारीलाई कारबाही हुन्छ: मेयर कोइराला
बुद्धजयन्तीका अवसरमा निःशुल्क आँखा शिविर

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल