Birat Post बिहिबार, बैशाख २७, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२७ बैशाख। मोरङको बूढीगंगा गाउँपालिका–६ घर भएका एक जना बालकको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ । बूढीगंगा–६ सखुवा टोलका रामप्रकाश चौधरीका छोरा १० वर्षीय जयप्रकाश चौधरीको बूढीखोला किनारमा माटोको ढिस्कोले पुरिएर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । जयप्रकाश स्थानीय बोर्डिङ स्कुलको कक्षा ३ मा पढ्थे । स्कुलबाट घर आएर उनी बुधबार साँझ ५ बजेतिर साथीहरुसँग खेल्नलाई घरनजिकको बूढीखोला किनारमा गएका थिए ।

डीएसपी बस्नेतका अनुसार खेल्ने क्रममा ढिस्को खसेर उनलाई पुरेको पाइएको छ । जयप्रकाशलाई माटोले पुरेको भएपनि त्यसको जानकारी समयमा प्राप्त हुन सकेन । सँगै खेल्न गएका साथीहरुले पनि कसैलाई खबर गरेनन् । जयप्रकाशसँग खेल्न गएकाहरु ८–९ वर्षका बालक रहेको प्रहरीले जनाएको छ ।

ढिस्को खसेर साथीलाई पुरेपछि चुपचाप उनीहरु घर फर्किएका थिए । तर, अभिभावकदेखि कसैलाई पनि नभनेका कारण लामो समयसम्म जयप्रकाश मोटोभित्रै पुरिए । पछि थाहा पाएर अभिभावक पुग्दा पुरिएकै ठाउँमा उनको मृत्यु भइसकेको पाइएको प्रहरीले जनाएको छ ।

डीएसपी बस्नेतका अनुसार माटोले पुरिएको सूचना समयमा नआएकै कारण उद्धार गर्न नपाएर बालकको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ‘बेलैमा थाहा भएको भए उद्धार गरेर बचाउन सक्ने अवस्था रहन्थ्यो । सँगै खेल्न गएका साथीहरुले पनि जयप्रकाशलाई माटोको ढिस्कोले पुरेको जानकारी अभिभावकलाई गराएनछन्,’ उनले भने ।

घटना देखेर डराएकै कारण अन्य बालकहरुले बेलैमा जानकारी नगराएको हुनसक्ने प्रहरीको अनुमान छ । जयप्रकाश अवेरसम्म घर नफर्किएपछि अभिभावकले खोजी सुरु गरेका थिए । खोजी सुरु गरेपछि मात्रै जयप्रकाशसँग खेल्न गएकाहरुले घटनाको जानकारी दिएर अभिभावकलाई घटनास्थल पुर्याएका हुन् ।

प्रहरीका अनुसार अभिभावकले थाहा पाएर घटनास्थल पुग्दा रातको ९ बजेको थियो । बुवा रामप्रकाश पुगेर हेर्दा छोरा जयप्रकाशलाई माटोको ढिस्कोले पुरिरहेको अवस्थामा फेला पारेर बाहिर निकालेका थिए । तर, उनको घटनास्थलमै मृत्यु भइसकेको थियो । राति ९ः३० बजेतिर विराट शिक्षण अस्पताल पुर्याए पनि चिकित्सकले उनलाई मृत घोषित गरिदिए ।

विराटनगरस्थित कोशी अस्पतालमा पोस्टमार्टम गरी शवलाई अभिभावकको जिम्मा लगाएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । घटनास्थलमा पुगेर जिल्ला प्रहरी कार्यालय मोरङका इन्सपेक्टर हेमराज ओली नेतृत्वको टोलीले घटनाको अनुसन्धान अघि बढाएको छ । डीएसपी बस्नेतका अनुसार अनुसन्धानपछि घटनाका बारेमा थप प्रष्ट हुने छ ।

सम्बन्धित

ताजा अपडेट
विराटनगरको श्री हस्पिटल विवाद : हस्पिटल प्रशासनले भन्यो “हामीमाथि अन्याय भयो ,अदालत जान्छौं”
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल