Birat Post मंगलबार, जेठ १५, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१५ बैशाख । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगितामा विराटनगरको फुलबारी क्रिकेट क्लब र विराट स्पोर्टिङ क्लब विजयी भएको छ ।
विराटनगर – ६ स्थित एमबिजे क्रिकेट मैदानमा मंगलबारको पहिलो खेलमा फुलबारीले एलिट क्रिकेट क्बललाई १० विकेटले र विराट स्पोर्टिङले पूर्वाञ्चल क्रिकेट एकाडेमीलाई ७ विकेटले पराजित गरेको हो । जितसँगै दुई टिमले २–२ अंक जोडेको छ ।

पहिलो खेलमा एलिटले दिएको ९९ रनको लक्ष्य फुलबारीले ५.५ ओभरमा विना क्षति पूरा गर्यो । फुलबारीका ओपन आलोक मञ्जयले अविजित १५ बलमा ४८ रन बनाए । उनले ७ छक्का र १ चौका प्रहार गरे । उनी खेलको प्लेर अफ द म्याच घोषित भए । खण्डक बोहराले २० बलमा ४८ रनको योगदान दिए । उनले ४ छक्का र ५ चौका हिर्काए ।

त्यसअघि पहिलो ब्याटिङ थालेको एलिटले निर्धातिर १० ओभरमा ३ विकेट गुमाउँदै ९८ रन बनाएको थियो । अंकित गोस्वामीले १६ बलमा ३६ रन बनाए । सुशान्त मिश्रले १४ बलमा २४ रन पारी खेल्दा अभिषेक पलले १३ बलमा २० रन जोडे ।
फुलबारीका बलर भुवन कार्की, दिपक राज र एमडी कैफले समान १–१ विकेट लिए ।

दोस्रो खेलमा विराटसँग पूर्वाञ्चल पराजित
दोस्रो खेलमा विराट स्पोर्टिङले पूर्वाञ्चल क्रिकेट एकाडेमीलाई ७ विकेटले पराजित भएको छ । पूर्वाञ्चलले दिएको ७६ रनको लक्ष्य विराटले ८.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । जसमा विराटका खालिद आलमले १२ बलमा २६ रन बनाए । सुर्दशन कुमारले २४ बलमा २४ रन बनाउँदा रवि रोयले ५ बलमा ८ रनको योगदान दिए ।

पूर्वाञ्चलका विकास लोहियाले २ मन्जित श्रेष्ठले १ विकेट लिए ।
त्यसअघि पहिलो ब्याटिङ गरेको पूर्वाञ्चलले निर्धारित १० ओभरमा ७ विकेटको क्षतिमा ७५ रन मात्रै बनायो । जसमा पवन कुमारले १४ बलमा २८ रन, निराजन लड्डीले १५ बलमा २० रन र श्रवण यादवले ८ रन बनाए । विराटका आशुतोष सिंह, खालिद आलम र प्रतिक पोखरेलले समान २ –२ विकेट लिए ।
बाँसको खम्बामा अस्थायी फलड्लाईटको माध्यमबाट सुरु भएको दिवा रात्रीकालीन प्रतियोगिता लिकको आधरमा भइरहेको छ ।

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल