Birat Post बुधबार, जेठ १६, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१६ बैशाख । विराटनगरमा अन्तरप्रादेशिक साहित्यिक कार्यक्रम हुने भएको छ । नेपाली लेखक सङ्घ कोशी प्रदेशको आयोजनामा आगामी जेठ २६ गते बिराटनगरमा विशेष साहित्यिक सभा गरिन लागिएको हो ।

नेपाली लेखक सङ्घ कोशी प्रदेशका अध्यक्ष गोकुल अधिकारीको अध्यक्षतामा सो संस्थाको सचिबालय समितिको सोमबार बसेको बैठकबाट सबै प्रदेशका साहित्यकारहरुलाई पालैपालो कोशी प्रदेशमा आमन्त्रण गरि स्रस्टा सम्मान एवम प्रदेश प्रदेश बिचको साहित्यिक गतिविधिका विषयमा अन्तरसम्बाद गर्दै जाने निर्णय गरिएको छ ।

एक प्रदेशसङ अर्को प्रदेशका स्रस्टाहरु शीर्षकको शृङ्खलाबद्ध कार्यक्रमको सबैभन्दा पहिलो शृङ्खलामा गण्डकी प्रदेशका स्रस्टाहरुको आगमन जेठ २६ गते कोशी प्रदेशको विराटनगरमा हुनेछ ।

सो समितिका महासचिव मिनकुमार नबोदितका अनुसार मुलत, कविता वाचनमा केन्द्रित  सो समारोहमा कोशी प्रदेशका सबै जिल्लाका स्रस्टाहरुको प्रतिनिधित्व रहने छ भने गण्डकी प्रदेशको साहित्यको विविध आयाम अनि कोशी प्रदेशको साहित्यको बिद्यमान अवस्थाका बारेमा दुई छुट्टाछुट्टै कार्यपत्र पनि प्रस्तुत गरिने छ ।

सम्बन्धित

ताजा अपडेट
चैते दशैं :कति छ यसको महत्व
सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार
कतारको ग्यास प्लान्टमा इरानद्वारा क्षेप्यास्त्र आक्रमण : विश्वव्यापी उर्जामा धक्का

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल