Birat Post शनिबार, जेठ १९, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१९ जेठ । विराटनगर–११ स्थित सुम्निमा बोर्डिङ स्कुलमा अध्ययनरत २५ जना विद्यार्थी दीक्षित भएका छन् । स्कुलले शनिबार एक भव्य कार्यक्रम आयोजना गरी प्रि–प्राइमरी तह उत्तीर्ण गरी प्राइमरी तहमा प्रवेश गरेका विद्यार्थीहरुलाई दीक्षित गरेको हो ।

दीक्षित भएका विद्यार्थीहरूलाई वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपाने र विद्यालयकी प्रिन्सिपल शीतला सुब्बाले प्रमाणपत्र वितरण गरेका थिए । सोही अवसरमा विद्यार्थीहरूले सांस्कृतिक नृत्य र फेशन शो देखाएर सहभागी अभिभावक, अतिथि र सहभागीहरुलाई भरपुर मनोरञ्जन प्रदान गरे । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका वडाध्यक्ष नेउपानेले गुणस्तरीय शिक्षासँगै सीपयुक्त शिक्षा प्रदान गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । कार्यक्रममा विद्यालयकी प्रिन्सिपल सुब्बाले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि विशेष जोड दिएर अगाडि बढेको बताइन् । उनले विद्यार्थीहरूको प्रतिभा उजागर गर्नका लागि विद्यालयले विभिन्न कार्यक्रमहरु गर्दै आएको बताइन् ।

कार्यक्रममा नेपाल प्रेस युनियन कोशी प्रदेशका अध्यक्ष मीनकुमार नवोदितले विद्यार्थीहरुलाई संस्कारयुक्त शिक्षा प्रदान गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले पाठ्यपुस्तकको अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि जोड दिनु जरुरी रहेको उल्लेख गरे । कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष माधव अधिकारी, अभिभावक संघ मोरङका अध्यक्ष खगेन्द्र भट्टराई, नेपाल पत्रकार महासंघ मोरङका सहसचिव अनिल श्रेष्ठ, विद्यालयकी निर्देशक जयन्ती प्रधानलगायतले विद्यार्थीको रुचीअनुसार अगाडि बढ्न अभिभावकहरुले पनि प्रेरित गर्नुपर्नेमा जोड दिएका थिए ।

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल