Birat Post बुधबार, जेठ २३, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२३ जेठ / विराटनगर महानगरपालिकाले श्रमिकहरुलाई सम्मान गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सय दिने रोजगारीमा खटेका ७६ जना श्रमिकलाई महानगरले सम्मान गरेको हो ।
महानगरमा बुधबार आयोजित कार्यक्रममा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले खादा लगाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

उनीहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत महानगरका १० वटा वडामा परिचालन गरी विभिन्न आयोजनाहरुमा खटाइएको थियो । नमुना रोजगार सेवा केन्द्रकी रोजगार सहायक सरस्वती साहका अनुसार वडा नम्बर ६ मा ८ जना, १० मा ७ जना, ११ मा ८ जना, १२ मा ८ जना, १३ मा ७ जना, १४ मा ८ जना, १५ मा ७ जना, १६ मा ८ जना, १८ मा ८ जना र १९ वडामा ७ जना खटिएका थिए ।

प्रधानमन्त्री रोजगार कार्यक्रममा खटिएका श्रमिकहरुलाई दैनिक ६ सय ६८ रुपैयाँका दरले मासिक रुपमा उपलब्ध गराइएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दैै मेयर कोइरालाले महानगरवासीलाई स्वरोजगार बनाउन विभिन्न किसिमका तालिमहरु सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले सीप सिकेर स्वरोजगार बन्न श्रमिकहरुलाई आग्रह पनि गर्नुभयो । उपमेयर शिल्पा निराला कार्कीले आगामी आर्थिक वर्षमा सो कार्यक्रमलाई अझै प्रभावकारी रुपमा सञ्चालन गरिने बताउनुभयो ।

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल