Birat Post सोमबार, जेठ २८, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२८ जेठ / विराटनगर महानगरपालिकाले सफाइकर्मीको निःशुल्क स्वास्थ्य परीक्षण सुरु गरेको छ । महानगरमा कार्यरत सफाइकर्मीको निःशुल्क स्वास्थ्य परीक्षणका साथै औषधिसमेत वितरण गरिएको छ ।
कार्यक्रमको मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । उहाँले उच्च रक्तचापको परीक्षण गरेर शिविरको उद्घाटन गर्नुभएको थियो । नेपाल डेब्लोप्मेन्ट सोसाईटीसँग महानगरले सहकार्य गरेर स्वास्थ्य शिविर र अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो ।

महानगरपालिकाले सरसफाईकर्मीको स्वास्थ्य परीक्षणसँगै स्वास्थ्य अभिमुखीकरण कार्यक्रमसमेत आयोजना गरेको स्वास्थ्य महाशाखाका संयोजक डा. दिलिप यादवले जानकारी दिनुभयो । महानगरमा कार्यरत ३ सय सफाई मजदुरको स्वास्थ्य परीक्षणका साथै अभिमुखीकरण गरिने उहाँले बताउनुभयो । यादवका अनुसार दैनिक सरसफाईमा खटिने मजदुरहरुको स्वास्थ्यमा कुनै समस्या रहे नरहेको भन्ने यकिन गर्नसमेत स्वास्थ्य शिविर आयोजना गरिएको हो ।

शिविरमा मुख्य गरी छाला, श्वासप्रश्वास, आँखा जाँचलाई प्राथमिकतामा राखिएको छ । एचआईभी, हेपटाईटिस वि, हेपटाईटिस सि, टिवरक्लोसिस, सुगरलगायतको विशेष जाँच भइरहेको नेपाल डेब्लोप्मेन्ट सोसाईटी सोलिड हेल्थकी प्रोजेक्ट डाईरेक्टर गीता साहले जानकारी दिनुभयो । शिविरबाट बढीभन्दा बढी लाभ लिन साहले आग्रहसमेत गर्नुभयो ।

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल