Birat Post शनिबार, आषाढ ०१, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१ असार / खोटाङ सामाजिक सेवा मञ्चले वरिष्ठ कवि डा. विमल कोइरालालाई सम्मान गरेको छ ।
साढे चार दकदेखि नेपाली साहित्यमा सक्रिय कोइरालालाई शनिबार विराटनगरमा आयोजित कार्यक्रममा मञ्चले सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, राजनैतिक विश्लेषक प्राध्यापक कृष्ण पोखरेल, आयोजक संस्थाका अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ले पूर्वमुख्यसचिवसमेत रहनुभएका कोइरालालाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो । मञ्चले हरेक महिनाको पहिलो शनिबारमा सिर्जना वाचन र एकजना स्रष्टालाई सम्मान गर्दै आएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले विराटनगर महानगरपालिकाले भौतिक विकाससँगै यहाँको भाषा, साहित्य, कला र संस्कृतिको विकासमा योजनाबद्ध रुपमा कार्य गरिरहेको बताउनुभयो । उहाँले विराटनगरको पहिचान खोज्ने बेला आएको समेत उल्लेख गर्नुभयो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, विश्लेषक प्राध्यापक कृष्ण पोखरेल, नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, प्राज्ञ विवश पोखरेल, साहित्यकार रोहिणी रसिक, लक्ष्मी पोखरेललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । त्यसैगरी सोही अवसरमा देवी पन्थी, मञ्जुश्री गिरी, मीनकुमार नवोदित, प्रिन्स प्रमोदकुमार ढकाल, ऋषि तिवारी, स्वीकृति रेग्मी मुना, भूपाल अधिकारीलगायतले आ–आफ्ना सिर्जना प्रस्तुत गर्नुभएको थियो ।

सम्बन्धित

ताजा अपडेट
विराट ट्रेड एक्स्पोमा पर्यटन छलफल: कोशीमा अपार सम्भावना, समन्वय र ब्रान्डिङमा जोड
नेता कार्यकर्ताहरूलाई फर्किन कांग्रेसको आह्वान
काठमाण्डौं विश्वविद्यालयको ”ब्याचलर इन हेल्थ इन्फोर्म्याटिक्स” अब एस्पायर कलेजमा अध्यापन हुने

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल