Birat Post बिहिबार, आषाढ २०, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२० असार ।  गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले छुट्टै पहिचान बनाउन सफल भएको विराटनगर – १० मा अवस्थित कान्तिपुर कलेजमा भर्ना हुन विद्यार्थीको भिड लागेको छ ।

सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मेहनती प्रध्यापक, शिक्षक शिक्षिकाहरुका कारण आफ्ना छोराछोरी पढाउन धेरै अभिभावकको रोजाइमा कान्तिपुर परेको छ । त्यसको आज विहान कलेजले लिएको प्रवेश परीक्षाले पनि पुष्टि गरिदिएको छ । कक्षा ११ मा ८ सय ५० जनाको कोटाको लागि लिएको प्रवेश परीक्षामा १ हजार ३३७ जनाले परीक्षा दिएको कलेजका प्रिन्सिपल भुवन नेपालले जानकारी दिए ।

कक्षा ११ को विज्ञान संकायमा कान्तिपुरमा ३५० जनाको कोटामा ६०३ जना विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् । त्यसैगरी ३५० जना व्यवस्थापन संकायको लागि लिएको परीक्षामा ४९७ जना र होटल व्यवस्थापनको १५० जनाको कोटाको लागि लिएको परीक्षामा २३७ जना विद्यार्थीले परीक्षा दिएको प्रिन्सिपल नेपालले बताए । प्रवेश परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई कलेजले भर्ना लिनेछ । प्रवेश परीक्षाको नतिजा पनि बुधबार साझमै प्रकाशित हुनेछ । ‘छिटो र क्षरितो तरिकाले हामीले लोकसेवाको लिने जसरी कम्प्यूटरको माध्यमबाट प्रवेश परीक्षा लिएका छौं,’ प्रिन्सिपल नेपालले भने, ‘आज छुटेका विद्यार्थीको लागि पनि हामीले अर्को दिनमा प्रवेश परीक्षा लिने तयारी गरिएको छ ।’

गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले अभिभावक र विद्यार्थीको पहिलो रोजाइ कान्तिपुर कलेज पर्ने गरेको छ । यस कलेज पढने विद्यार्थीहरुले प्रत्येक वर्ष मेडिकल र इन्जिनियरिङको क्षेत्रमा पूर्ण छात्रवृत्तीमा नाम निकाल्न सफल हुँदै आएका छन् । त्यसै कारणले पनि विद्यार्थीको रोजाइमा कान्तिपुर पर्ने गरेको हो ।

विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन, र कम्प्युटर विज्ञान पठाइ हुने उक्त कलेजमा २०७२ सादेखि नयाँ व्यवस्थापन आएर कलेज संचालनमा ल्याएपछि सर्वोउत्कृष्ट नतिजा ल्याउन सफल छ । यस कलेजदेखि उत्तिर्ण भएका मध्ये इन्जिनियरिङमा १ सयभन्दा बढी, मेडिकल क्षेत्रमा ७५, सिए, बिबिए र अन्य विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूले नाम निकाल्नुको साथै पूर्ण छात्रवृत्ति पनि पाएको कलेजले जनाएको छ । कलेजमा भर्ना हुने विद्यार्थीहरूको लागि निःशुल्क कोचिङ कक्षाको पनि व्यवस्था गरेको छ ।

‘भर्ना हुने जति पनि विद्यार्थीहरूलाई हामीले दक्ष प्राध्यापक र शिक्षकहरूले पठन–पाठनको व्यवस्था गरेका छौं,’ प्रिन्सिपल नेपालले भने, ‘मेडिकल, इन्जिनियरिङ, सिम्याट, क्षेत्रमा नाम निकाल्न सहज होस भनेर हामीले तयारी कक्षाहरु संचालनमा ल्याएका छौं । त्यसको लागि अनुभवी प्राध्यापकहरू रहेका छन् ।’ विद्यार्थीलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न योग्य बनाउने र देशको लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने ध्येयले अगाडी बढेको छ ।

कलेजले विद्यार्थीलाई नियमित मूल्याङ्कन गरी वर्षै भरी विशेष कोचिङको व्यवस्था गर्ने कलेजमा शतप्रतिशतसम्म छात्रवृत्तीको पनि व्यवस्था छ । पूर्व मेचीदेखि जनकपुर, सिराहा, सप्तरीलगायत कोशी प्रदेशका पहाडी जिल्लाका विद्यार्थीहरूको पहिलो रोजाईमा कान्तिपुर परेकोे उनले बताए । विद्यार्थीको सहजको लागि कलेजले यातायातको व्यवस्था गर्नुको साथै इ–लाइब्रेरी र छुटा छुट्टै छात्र–छात्राको लागि होस्टलको व्यवस्था पनि रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल