Birat Post शनिबार, आषाढ २२, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२२ असार / युवा साहित्यकार नानुमैया दाहालको ‘खुल्ला आकाशमुनि’ मुक्तकसंग्रहको विमोचन गरिएको छ ।
नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको कार्यक्रममा सो मुक्तकसंग्रहको विमोचन गरिएको हो ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदी, पूर्वाञ्चल साहित्य प्रतिष्ठानजका अध्यक्ष प्राज्ञ विवश पोखरेल, चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदी, अग्रज गीतकार रमेश पौडेल, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल, संस्थापक अध्यक्ष बलराम पोखरेल, आयोजक संस्थाका अध्यक्ष बाबुराम पोखरेललगायतले संयुक्त रुपमा कृतिको विमोचन गरेका थिए ।
विमोचित कृतिमाथि समालोचक हरि कट्टेलले समीक्षा गरेका थिए ।

उनले मुक्तकसंग्रहले राजनैतिक, सामाजिक, आर्थिक, पारिवारिक विषयवस्तुलाई सशक्त रुपमा उठाएको बताए । उनले संग्रह पठनीय र संग्रहनीय भएको चर्चा गरे । सो अवसरमा साहित्यकार तीला लेकाली, विनोद विवश, रोहिणी रसिक, मञ्जु घिमिरे दाहाल, स्वीकृति रेग्मी, लक्ष्मी रायमाझी, मञ्जुश्री गिरी, प्रिन्स प्रमोदकुमार ढकाल, मदन भण्डारीलगायतले विमोचन भएको संग्रहभित्रका मुक्तक वाचन गरेका थिए । मुक्तक प्रतिष्ठान कोशी प्रदेशले प्रकाशित गरेको संग्रहमा १५२ वटा मुक्तक रहेका छन् ।

कार्यक्रममा बोल्ने वक्ताहरूले पछिल्लो समय मुक्तक लेखनतर्फ स्रष्टाहरूको आक्रमण बढ्दै गएको बताए । छोटो समयमा लेख्न र पढ्न सकिने भएकाले मुक्तकको लोकप्रियता बढ्दै गएको उनीहरूको भनाइ थियो । प्रतिष्ठानले दाहालको ‘खुल्ला आकाशमुनि’सहित ११ वटा संग्रह प्रकाशित गरिसकेको संस्थाका अध्यक्ष बाबुराम पोखरेलले जानकारी दिए । प्रतिष्ठानले मुक्तक लेख्न चाहने स्रष्टाहरुलाई प्रशिक्षण, अन्तरक्रियालगायतका कार्यक्रम सञ्चालन गर्दै आएको सचिव मदन भण्डारीले बताए ।

 

सम्बन्धित

ताजा अपडेट
मोरङ रेडक्रसद्वारा दुई थान रवर वोट सहित उद्धार सामाग्री हस्तान्तरण 
रिजाल परिवारका जग्गादाता पुर्खाहरुको प्रतिमा अनावरण
आज साउनको पहिलो सोमबार, देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल