Birat Post सोमबार, साउन २८, २०८१ मा प्रकाशित

featured photo: Birat Post

पोखरा,२८ साउन । वैदिक सनातन हिन्दु अधिराज्य नेपाल स्थापनाका लागि भन्दै पोखरामा सोमबार धार्मिक पदयात्रा आयोजना गरेको छ ।

नेपाल सनातन धर्म संस्कृति संगठन कास्कीको आयोजनामा भएको पदयात्रामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सहभागिता जनाए ।
महेन्द्र पुलदेखि सुरु भएको पदयात्रामा केदारेश्वर महादेव मन्दिरसम्म पुगेर समापन भएको थियो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले धर्म निरपक्षेताको दुष्परिणाम देखिन थालेको बताएका छन्। उनले हिन्दु धर्ममाथि चौतर्फी आक्रमण भइरहेको उल्लेख गरे।

विश्व हिन्दु महासंघ नेपाल कास्कीको आयोजनामा शुक्लागण्डकी गाइघाटदेखि केदारेश्वर मन्दिरसम्म धार्मिक पदयात्रामा सहभागी भएपछि सम्बोधन गर्दै लिङदेनले कुनैपनि बेला सनातन धर्म अल्पसंख्यमा पर्ने बताए।

‘विस्तारै विस्तारै हाम्रो धर्म संस्कृतिमाथि चारैतर्फबाट आक्रमण भइरहेको छ। कुनै पनि बेला हामीले हाम्रो देशभित्रै सनातन धर्म अल्पसंख्यमा परेर संरक्षणका लागि लड्न पर्ने दिन आउन सक्ने खतराहरु देखिन थालेका छन्’, सम्बोधनका क्रममा उनले भने।

 

सम्बन्धित

ताजा अपडेट
विपिनको रिहाइका लागि परराष्ट्रमन्त्रीले गरिन् इरानका विदेशमन्त्रीसँग फोनवार्ता
सुनसरीको बर्जुमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
चितवनमा रवि लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गर्न आदेश

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल