Birat Post मंगलबार, कार्तिक १३, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१३ कार्तिक/ नेपाली युरोपियन खेलकुद संघ (एनईएससी) को आयोजनामा अष्ट्रियाको पर्यटकीय सहर इन्स्ब्रुकमा दोस्रो अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको छ । प्रतियोगितामा फिनल्याण्डले उपाधि जितेको छ । फिनल्याण्डले उपाधिसहित नगद ३ लाख ९० हजारसहित प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गरेको छ । त्यस्तै द्वितीय हुने टिम जर्मनीलाई १ लाख ९० हजारका साथमा प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिएको थियो । त्यस्तै प्रतियोगितामा आयोजक एनईएससी तेस्रो हुँदा स्वीजरल्याण्ड चौथो र एनईएससी वी पाँचौं हुन सफल भएका थिए ।

आयोजक टिमका क्याप्टेन ख्याम विक र खेलाडी आङकामी लामा घाइते भएका कारण उत्कृष्ट खेल प्रदर्शन गर्दागर्दै पनि अपेक्षाअनुसारको नतिजा निकाल्न नसकिएको एनईएससीका अध्यक्ष दिलकुमार घमालले बताउनुभयो । विजेता टिम र खेलाडीहरुलाई अष्ट्रियाका राजदूत भरतकुमार रेग्मी, अध्यक्ष दिलकुमार घमाल, सल्लाहकार विकास कार्की, डा. किशोर कमल, एनआरएनए अष्ट्रियाकी महिला संयोजक निरु कार्कीलगायतले नगद पुरस्कार, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

अध्यक्ष घमालले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने प्रमुख अतिथिका साथै अन्य अतिथिहरु, खेलाडी, सांस्कृतिक टोली, सञ्चारकर्मी, स्थानीयवासी, समितिका पदाधिकारी र सदस्यसहित सबैलाई धन्यवाद दिनुभएको छ । उहाँले आफूले सोचेभन्दा प्रतियोगिता धेरै नै भव्य भएको प्रतिक्रिया दिनुभयो । आगामी दिनमा यस्ता प्रतियोगिता गर्न थप हौसला प्राप्त भएको उहाँको भनाइ थियो । विभिन्न नेपाली गीतमा कलाकारहरुले प्रस्तुत गरेको नृत्यले प्रतियोगितालाई अझै आकर्षक बनाएको थियो ।

सन् २०२० मा स्थापित संघले युरोपमा नेपालको राष्ट्रिय खेल भलिबल र नेपाली भाषा, कला र संस्कृतिको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ स्थापित एनईएससीले यसअघि पनि अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गरेको थियो । त्यस्तै युरोपका विभिन्न स्थानमा भएका भलिबल प्रतियोगिताहरूमा समेत एनईएससीले बलियो सहभागिता जनाउँदै आएको छ ।
‘आपसी सद्भाव र भाइचारा अभिवृद्धि गर्न यस्ता प्रतियोगिताले ठूलो भूमिका खेल्ने गर्दछ,’ अध्यक्ष घमालले भन्नुभयो, ‘हामीले युरोपमा आफ्नो व्यवसायसँगै भलिबल खेल र नेपाली संस्कृतिको प्रवद्र्धनमा जोड दिँदै आएका छौं ।’ प्रतियोगिता ऐतिहासिक र अविस्मरणीय भएको सल्लाहकार विकास कार्कीको भनाइ छ ।

प्रतियोगिता सम्पन्नपछि स्थानीय जयपुर रेष्टुरेन्टमा सांस्कृतिक प्रस्तुतिसहितको रात्रीभोजको आयोजना गरिएको थियो । त्यस्तै दोहोरी साँझसमेत भएको थियो । सांस्कृतिक प्रस्तुतिसहितको रात्रीभोजमा प्रतियोगिताका प्रमुख अतिथि राजदूत रेग्मीका साथै सबै देशका खेलाडी, कलाकार, आयोजक समितिका सल्लाहकार, पदाधिकारी, सदस्यलगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
विपिनको रिहाइका लागि परराष्ट्रमन्त्रीले गरिन् इरानका विदेशमन्त्रीसँग फोनवार्ता
सुनसरीको बर्जुमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
चितवनमा रवि लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गर्न आदेश

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल