Birat Post बुधबार, कार्तिक २१, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२१ कार्तिक । साविक विजेता सूद्रपश्चिम प्रदेशले विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाइ वाइ पुरुष यु–१९ राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

आज बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको फाइनल खेलमा सूदुरपश्चिमले लुम्विनी प्रदेशलाई ८ रनले पराजित गर्दै उपाधि रक्षा गरेको हो । यस अघि २०२२ मा त्रियू क्रिकेट मैदानमा भएको फाइनल खेलमा पनि सूदुरले लुम्विनीलाई नै पराजित गरि उपाधि जितेको थियो । उपाधि जितेको सूदुरले नगद २ लाख तथा ट्रफि तथा उपविजेता लुम्विनीले १ लाख तथा ट्रफि हात पारे ।

टस जितेर ब्याटिङ गरेको गरेको सूदुरले ले निर्धारित ५० ओभरको खेलमा ३७ दहमलव ३ बलमा सवै विकेट गुमाई १ सय २७ रनको योगफल बनायो । सूदुरकालागि अविशेक थापाले २९ रन बनाउँदा नरेन भट्टले २७ रन, नरेन राउदले १५ रन, राजेश एयेर १४ रन र दिपक रोकयाले ११ रनको योगदान दिए । लुम्विनीका सन्तोष यादवले ५ विकेट लिए । उनले १० ओभरमा २ मेटन राख्दै २८ रन दिए । त्येस्तै रमेश कुर्मीले ३ विकेट र शिव कुमार १ विकेट लिए ।

१ सय २८ रनको लक्ष्य पाएको लुम्विनीले ४३ दशमलव १ बलमा सवै विकेट गुमाई १ सय १९ रन मात्र बनाउँन सक्यो । लुम्विनी आकाश त्रिपाथीले २२ रन बनाउँदा शिव कुमारले २० रन, विजय कोहरले १९ रन, समिर अलीले १८ रन र सन्तोष यादवले १२ रनको योगदान दिए । सुदुरका प्लेयर अफ द म्याच हेमन्त धामीले ४ विकेट लिँदा सचिन भट्ट र नरेन साउदले २–२ विकेट लिए ।

प्रतयोगिताको उत्कृष्ट खेलाडि लुम्विनीका सन्तोष यादव घोषित भए । यादव उत्कृष्ट बलर समेत भए । उत्कृष्ट ब्याटर कोशीका सोनु अन्सारी घोषित भए । उत्कृष्ट खेलाडिले नगद ५० हजारका साथ ट्रफि तथा उत्कृष्ट ब्याटर र बलरले नगद २५ हजारका साथै ट्रफि हात पारे । प्लेयर अफ द म्याच सूदुरका कप्तान हेमन्त धामीले पाएको नगद ३ हजार पुरस्कार ग्राउण्ड स्टाफलाई वितरण गरे ।

विजयी तथा अन्य खेलाडिलाई कोशी प्रदेशका पूर्व मूख्यमन्त्री केदार कार्की, क्यानका केन्द्रीय उपाध्यक्ष रोशन सिंह, कोशी प्रदेश क्रिकेट संघका अध्यक्ष सर्वजित पाण्डे र मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष महमद बाबुलगायतले पुरस्कार तथा प्रमाण पत्र वितरण गरे ।

सम्बन्धित

ताजा अपडेट
नागरिक अगुवाद्धारा पूर्व राजा ज्ञानेन्द्र शाहमाथी गम्भिर आरोप, खण्डन गर्दै राजावादीले भने ‘देश रहे राजा रहने हो’
‘हेलो सरकार’ ह्याक गरेको रुसी ह्याकरको दाबी
आफु विरुद्ध माओवादीले फेक च्याट प्रयोग गरेको ज्ञानेन्द्र शाहीको आरोप

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल