Birat Post बिहिबार, मंसिर ०६, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,६ मंसिर / विराटनगर महानगरपालिकाले कृषकका लागि उन्नत जातको बिऊ वितरण गरेको छ । बिहीबार महानगर परिसरमा आयोजित कार्यक्रममा ५० प्रतिशत अनुदानमा विराटनगर क्षेत्रका कृषकलाई उन्नत जातको मकैको बिउ वितरण गरिएको हो । कार्यक्रममा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल र आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले बिऊ वितरण गर्नुभएको थियो ।

महानगर क्षेत्रका १८५ घरधुरीका कृषकलाई १० लाख मूल्य बराबरको ७ सय ६९ केजी (पाइनर जात ३३५५) को मकैको बिउ वितरण गरिए कृषि शाखाका प्रमुख खगेश्वर तिम्सिनाले जानकारी दिनुभयो । सो बिऊले करिब २६ हेक्टर जमिनमा खेती गर्न सकिनेछ । उहाँका अनुसार कृषि सहकारी, कृषि फर्म र कृषक समूहमार्फत सम्बन्धित किसानलाई वितरण गरिनेछ । विराटनगर महानगर क्षेत्रभित्र १ हजार ३ सय ७५ हेक्टर खेतीयोग्य जमिन रहेको छ । त्यसमध्ये करिब ७ सय हेक्टरमा मकै खेती हुने गरेको छ ।

 

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल