Birat Post शनिबार, माघ १२, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१२ माघ/ पूर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस कलेज अफ लले कानूनमा स्नातकोत्तर तहको अध्यापन शुरू गरेको छ ।
स्नातकोत्तर तहमा अध्ययनका लागि ७७ जनाले प्रवेश परीक्षा दिएका छन् । क्याम्पसले ५० जनालाई भर्ना गरी अध्यापन गर्ने डाइरेक्टर महेश प्रसाद निरौलाले जानकारी दिनुभयो ।

दुई वर्षे स्नातकोत्तर तहको कार्यक्रम सञ्चालका लागि धेरै अघिदेखि विद्यार्थीहरूबाट माग हुँदै आएपनि विश्वविद्यालयले चालु शैक्षिक सत्रदेखि अध्यापन शुरु गर्ने निर्णय गरेको हो । आंगिक क्याम्पसमा कानूनमा स्नातकोत्तर तहको कार्यक्रम सञ्चालन नहुँदा विद्यार्थीहरु महङ्गो शुल्क तिरेर नीजिमा पढ्न बाध्य थिए । आंगिक क्याम्पसले नै स्नातकोत्तर तहको कार्यक्रम सञ्चालन गरेपछि विद्यार्थीले कम शुल्कमै गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर आएको डाइरेक्टर निरौलाले बताउनु भयो ।

कानूनमा स्नातकोत्तर तहको अध्यापन साँझमा हुने भएकोले कानून व्यवसायी र विभिन्न कार्यालयमा कामगर्ने कर्मचारी लाभान्वीत हुने डाइरेक्टर निरौलाको भनाइ छ । कलेज अफ लले स्नातक तहको पाँच वर्षे बीए एलएलबी र तीन वर्षे एलएलबी कार्यक्रम सञ्चालन गर्दै आएको थियो । पाँच वर्षे बीए एलएलबी दिउँसो र तीन वर्षे एलएलबी कार्यक्रम साँझमा अध्यापन हुँदै आएको छ ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल