Birat Post आइतबार, माघ १३, २०८१ मा प्रकाशित

featured photo: Birat Post

झापा,,१३ माघ ।  कोशी प्रदेशमै  पहिलो पटक भव्यरुपमा  बिर्तामोड ५ अग्रसेन भवननजिक नवनिर्मित गायत्री माताको मन्दिरलाई जातीय सहिष्णुताको खुला धार्मिकस्थलको रुपमा  विकसित गरिने भएको छ । अढाई करोड रुपैयाँको लागतमा  बनेको  आकर्षक गायत्री माताको  त्यस मन्दिरलाई हरेक जातजाति , धर्म  र समुदायको  लागि साझा धरोहर बनाउने गरी  मन्दिर निर्माण  समितिले तयारी थालेको हो । त्यस गायत्री मन्दिरमा साझा रूपमा  सबैले पूजा–अर्चना र श्रद्धा गर्न पाउँछन् ।

हरेक धर्मका  धर्मावलम्बीहरुले एउटै ठाउँमा गायत्री माताको आशीर्वाद  प्राप्त गर्न सक्छन्  । गायत्री मन्दिर जति सुन्दर छ, धार्मिक र सांस्कृतिक सहअस्तित्वका हिसाबले उत्तिकै उदाहरणीय बनाइने  मन्दिर निर्माण समितिका अध्यक्ष रौनक वंशलले बताए । हालसम्म  ९२ वटा संघ संस्थाले  गायत्री मन्दिरप्रति अपनत्व जनाइसकेका छन् ।  त्योसंगै त्यहाँ आयोजना हुने पाँच दिवसीय धार्मिक अनुष्ठान सफल बनाउने  ती संस्थाहरुले सामूहिक प्रतिवद्धतासमेत व्यक्त गरेका छन् ।  यो मन्दिरलाई कुनै समुदाय विशेषको मात्र नभएर सबैको साझा  धरोहरको रुपमा  विकास गर्न लागिएको  अध्यक्ष वंशलले बताए ।

  सो मन्दिरलाई  व्यवस्थापन गर्न  सबै जातजातिको प्रतिनिधित्व हुनेगरी व्यवस्थापन समिति निर्माण गरिने  भएको छ ।   पाँच दिवसीय अनुष्ठान  सम्पन्न भएपछि  व्यवस्थापन समिति निर्माण गरिने भएको हो ।  मन्दिर निर्माणका लागि खर्च भएको आयव्यय सार्वजनिक गरिसकेपछि  मन्दिरलाई दीगो र व्यवस्थित रुपमा संचालन गर्ने गरी  व्यवस्थापन समिति बनाइने  मन्दिर निर्माण समितिका अध्यक्ष वंशलको भनाई छ ।  बिर्तामोड – ५ स्थित अग्रसेन भवन दक्षिणपट्टि स्थानीय दानवीर, कोशी प्रदेश सरकार र बिर्तामोड नगरपालिकाको संयुक्त लगानीमा गायत्री माताको मन्दिर निर्माण गरिएको हो ।

सो मन्दिर २०८० साल जेठ १७ गतेबाट निर्माण शुरु भएको थियो । मन्दिर निर्माण भएसंगै बिर्तामोड नगरपालिकामा पहिलो पटक गायत्री माताको पाँच दिवसीय अनुष्ठानका साथ प्राण प्रतिष्ठा गर्न लागिएको छ । यही माघ २१ गते मन्दिर उद्घाटनसंगै गायत्री माताको विधिपूर्वक प्राण प्रतिष्ठा गरिने गायत्री मन्दिर सेवा समितिका कार्यक्रम संयोजक वंशलले जानकारी दिए । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले माताको प्राण प्रतिष्ठा गर्ने कार्यक्रम तय भएको कार्यक्रम संयोजक वंशलले बताए । माताको प्राण प्रतिष्ठा गर्नुअघि मन्दिर परिसरबाट निकालिने शोभायात्राले बिर्तामोड नगर परिक्रमा गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै माघ १७ गते प्रतिनिधि सभाका सभामुख देवराज घिमिरले पाँच दिवसीय अनुष्ठानको उद्घाटन गर्ने र माघ २० गते जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजबाट विशेष प्रवचन आयोजना गरिएको कार्यक्रम संयोजक वंशलको भनाई छ ।

माघ १७ देखि २१ गतेसम्म पाँच दिन सञ्चालन हुने अनुष्ठानमा दैनिक भजन कीर्तन तथा महाप्रसाद बितरण गरिने कार्यक्रम तय भएको र दैनिक भजन कीर्तनका लागि नेपाल तथा भारतका चर्चित भजन गायक तथा कलाकारहरुको उत्कृष्ट प्रस्तुति रहने बताइएको छ । भजन कीर्तनका लागि कृष्ण भण्डारी,आयुष शर्मा,साहिल कोहली, धीरज सिंह राजपुत र नेहा सिंह राजपुत सहभागी हुने भएका छन् ।

सम्बन्धित

ताजा अपडेट
विराटनगरको श्री हस्पिटल विवाद : हस्पिटल प्रशासनले भन्यो “हामीमाथि अन्याय भयो ,अदालत जान्छौं”
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल