Birat Post आइतबार, माघ १३, २०८१ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं,१३ माघ । विराटनगर ब्यान्डिट्सले नेपाल कबड्डी लिग (एनकेएल) को क्वालिफाइर १ मा जनकपुर नाइट्सविरुद्ध खेल्ने भएको छ ।

राष्ट्रिय खेलकुद परिषदको त्रिपुरेश्वरस्थित कभर्डहलमा भइरहेको एनकेएलको लिग चरणको अन्तिम खेलमा पोखरा लेकर्सलाई ५०–२५ को फराकिलो अन्तरले परााजित गर्दै विराटनगरले प्ले–अफमा दोस्रो स्थान हासिल गरेपछि क्वालिफाइर १ खेल्ने पक्का गरेको हो ।

लिगमा अपराजित रहँदै शीर्षस्थान ओगटेको जनकपुर र दोस्रो स्थानको विराटनगरवीच क्वालिफाइर १ को प्रतिस्पर्धा सोमबार हुनेछ । क्वालिफाइर १ को विजेता सीधै फाइनलमा प्रवेश गर्नेछ भने हार्ने टिमले फेरि मौका पाउनेछ ।

काठमाडौं र धनगढीले सोमबार इलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछन् । इलिमिनेटरको विजेता र क्वालिफाइर १ मा पराजित टिमवीच क्वालिफाइर २ मा खेल हुनेछ, जसको विजेताले क्वालिफाइर १ को विजेताविरुद्ध एनकेएलको फाइनल खेल्नेछ । फ्रेन्चाइज टिमको प्रतियोगिता एनकेएलको पहिलो संस्करणको फाइनल माघ १८ गते हुनेछ ।

विराटनगरले राउन्ड रोबिन लिगमा चार जित र एक हारको नतिजा निकाल्यो । उसले अन्तिम खेलमा पोखराविरुद्ध पूरा अवधि नै वर्चस्व कायम गरेको थियो । पहिलो हाफ २१–१२ को अग्रता लिएको विराटनगरले दोस्रो हाफ २९–१३ ले कब्जा गर्यो ।

जनकपुर नाइट्स (२३), विराटनगर ब्यान्डिट्स (२१), काठमाडौं माभरिक्स (१९) र धनगढी वाइल्डक्याट्स (११) ले लिगको शीर्ष चारमा रहँदै प्ले–अफमा स्थान बनाउँदा पुछारका दुई टिम पोखरा लेकर्स (४ अंक) र बुटवलको हिमालयन रेइडर्स(७ अंक) भने लिग चरणबाटै बाहिरिए ।

एस्ट्रोनिक्स म्यानेजमेन्टद्वारा आयोजित एनकेएलको पहिलो संस्करणमा ६ सहरका ६ टिम सहभागि छन् । सात वा त्योभन्दा कम अन्तरको हारमा टिमले १ अंक पाउने प्रावधान छ । जित्ने टिमले ५ अंक र स्कोर बराबरी भएमा ३–३ अंक प्राप्त हुन्छ ।

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल