Birat Post मंगलबार, फाल्गुण ०६, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,६ फाल्गुन ।  विराटनगर– ५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले आयोजना गरेको दुई दिवसीय एभरेष्ट एजुकेशन एक्जिबिसन आज समापन भएको छ । दुई दिने एक्जिबिसनबाट विद्यार्थी र अभिभावकहरु भने निकै उत्साही भएको पाइएको छ । एक्जिबिसनमा भाग लिएका विद्यार्थीहरु किताबमा पढेका कुरालाई व्यवहारिक रुपमा आफ्ना अभिभावकलाई देखाउन पाउँदा निकै हर्षोल्लित बनेका देखिन्थे भने अभिभावक आफ्ना छोराछोरीको कौशलता हेरेर दङ्ग परिरहेका देखिन्थे ।

एक्जिबिसनमा कक्षा १० मा अध्ययनरत नातिको प्रदर्शन हेर्न पुग्नुभएका विराटनगर–१० का घनेन्द्र खड्काले भन्नुभयो,‘स्कुलले दिएको यो अवसर बालबालिकाको लागि अत्यन्तै सुनौलो हो । यहाँ अनुभव गरेर सिक्ने अवसर प्रदान भएको छ । यो तरिका अत्यन्त मन प¥यो । यसले सिकेका कुरालाई व्यवहारमा उतार्न सिकाएको छ ।’  यस्तै अर्की अभिभावक रिता बरालले घरमा बच्चाहरुले केहि गर्लान जस्तो नलागे पनि यहाँ आएर हेर्दा भने धेरै गर्लान् जस्तो लागेको प्रतिकृया दिनुभयो । उहाँसँगै रहनु भएकी कक्षा १० की छात्रा धारणा बरालकी आमाले एक्जिबिसन धेरै राम्रो लागेको भन्दै अरु स्कुलको तुलनामा एभरेष्टको सिकाई पद्दति उत्कृष्ट रहेको प्रतिकृया दिनुभयो ।

उहाँले भन्नुभयो, ‘यहि भएर होला मेरा छोराछोरी अन्य स्कुलमा जानै मानेनन् ।’ त्यसो त अभिभावक मात्र हैन, कक्षा ९ मा अध्ययनरत विद्यार्थी अनिरुद्र सेडाईं पनि विद्यालय प्रशासनलाई धन्यवाद दिँदै भन्नुहुन्छ,‘ एक्जिबिसनले कक्षा कोठामा किताबमा अध्ययन गरेको कुरालाई सहि ठाउँमा ब्यवहारिक रुपमा प्रदर्शन गर्न सिकाएको छ । ‘टिम वर्क’मा काम गर्न सिकाएको छ । यसले हामीलाई सिक्ने अवसर प्रदान गरेको छ ।’ यस्तै कक्षा ९ कै सृजना खनालको बुझाईमा पनि एभरेष्ट स्कुलले हरेक वर्ष विभिन्न कार्यक्रम गरेर किताबी ज्ञान मात्र नभई शारिरिक, मानसिक तथा उर्जाशील भावनाको विकास गर्दै आएको छ । उहाँले भन्नुभयो,‘यसरी आयोजना हुने विभिन्न कृयाकलापले  ईसिए र सीसीएमा पनि निकै राम्रो प्रगति गरेको छ भने विद्यार्थीहरूमा ज्ञान र सीप सँगसँगै क्षमता विकासमा सहयोग पु¥याएको छ ।’ उहाँले ‘डिजी स्कुल’, ‘कारखाना’, ‘ह्याप्पीनेस करिकुलम’ लगायतका कोर्षले विद्यार्थीको क्षमता अभिवृद्धिमा अतुलनीय योगदान गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘एभरेष्टले गर्ने हरेक कार्यक्रमबाट हामी उत्साही हुँदै आएका छौं । ’ यस्तै कक्षा १० की छात्रा रिजु अधिकारीले एक्जिबिसन रमणीय मात्रै नभई धेरै कुरा सिक्ने थलोको रुपमा आफूहरुले पाएको बताउनुभयो । उहाँले भन्नुभयो,‘हामीले नदेखेको–नसुनेको विषयमा पनि यस एक्जिबिसनले जानकारी दिएको छ ।’ सोमबार कक्षा यू.के.जी देखि ५ सम्म र मंगलबार ६ देखि १२ सम्मका विद्यार्थीहरुले प्रदर्शनी गरेका थिए । विभिन्न ४१ वटा स्टलमा विद्यार्थीहरुले दुई दिन नेपाली साँस्कृतिक विषयवस्तुदेखि अहिलेको  आधुनिक आर्टिफिसियल एजेन्सी सम्मका विषयहरु प्रदर्शनीमा राखेका थिए ।

‘हाम्रो उद्देश्य भनेकै विद्यार्थीहरुले पाठ्यक्रममा सिकेको सबै कुरालाई व्यवहारिक रुपमा पनि ज्ञान हासिल गर्नुपर्छ भन्ने हो’ विद्यालयका भाइस प्रिन्सिपल कुन्दन पुरीले भन्नुभयो,‘ विद्यालयले भने जस्तै शिक्षा दिएको छ ÷छैन अवलोकन गरेर प्रमाणित गर्ने यो एउटा अवसर पनि हो ।’ यस्तै विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले दुई दिवसीय एक्जिबिसन अपेक्षा गरेभन्दा भब्य र सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रा विद्यार्थीले सिकेका विषयहरु जसरी प्रदर्शनी गरे त्यो उच्चस्तरीय रहेको हामीले अनुभूति गरेका छौं ।  यसले हामीलाई विश्वस्तरीय शिक्षा यहीँबाट प्रदान गर्न सकिन्छ भन्नेमा हौसला मिलेको छ । ’

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल