Birat Post मंगलबार, फाल्गुण १३, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १३ फागुन । लियो क्लब अफ विराटनगर सेन्ट्रल मेघाको आयोजनामा ‘अन्तर कलेज हाजिरीजबाफ’ प्रतियोगिता हुने भएको छ । विराटनगरमा आज क्लबले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको जानकारी गराएको हो ।

विराटनगरमा फागुन १६ गते हिसान मोरङको सहकार्यमा हुन लागेको अन्तर कलेज हाजिरीजबाफ प्रतियोगितामा १२ वटा निजी तथा सामुदायिक कलेजबीच प्रतिस्पर्धा हुने अध्यक्ष आर्यन बाँस्कोटाले जानकारी दिनुभयो । प्रतियोगितामा पोखरिया मावि, ग्रिनल्याण्ड कलेज, महेन्द्रमेमोरियल स्कुल–दुहवी, सत्यनारायण मावि, दिल्ली पब्लिक स्कुल, अर्किड कलेज (ए), अर्किड कलेज (बी), अरनिको कलेज, मेरिल्याण्ड कलेज, कान्तिपुर कलेज, शिक्षादीप कलेज र बिकेभिएम स्कुलबीच प्रतिस्पर्धा हुनेछ ।

सहभागी १२ कलेजमध्ये फाइनल राउण्डमा ४ वटा कजेलबीच प्रतिस्पर्धा हुन्छ । प्रतियोगिताको विजेताले १६ हजार १ सय, उपविजेताले ११ हजार १ सय, तृतीयले ५ हजार १ रुपैयाँका साथै ट्रफी, मेडल, प्रमाणपत्र र गिफ्ह्याम्पर प्राप्त गर्ने छन् ।

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल