Birat Post सोमबार, फाल्गुण १९, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१९ फाल्गुन / विराटनगरस्थित हिमालय दर्शन कलेजमा उद्घोषण तथा भाषणकला तालिम सुरु भएको छ । कलेजमा अध्ययनरत विद्यार्थीको वाकक्षमता वृद्धि गराउने उद्देश्यसहित कलेजले तालिमको आयोजना गरेको हो । क्याम्पस प्रमुख भरत सापकोटा र कवि एवं पत्रकार मीनकुमार नवोदितले तालिम उद्घाटन गरे । अहिलेको विश्व बोल्नेहरूको भएकाले विद्यार्थीलाई पनि बोल्ने र उद्घोषण कलाबारे जानकारी दिई उनीहरूको क्षमता विकास गर्न कलेजले तालिमको आयोजना गरेको क्याम्पस प्रमुख सापकोटाले बताए ।

विद्यार्थीको चौतर्फी व्यक्तित्व विकासमा कलेजले पूर्ण रुपमा ध्यान दिएको उनको भनाइ थियो । पाठ्यक्रमको अध्ययनसँगै कलेजले विद्यार्थीको रुचीअनुसारका अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीभित्र लुकेर रहेको प्रतिभा प्रस्फुटन गराउँदै आएको प्रमुख सापकोटाले बताए । कलेजले विद्यार्थीमा सबै क्षेत्रको ज्ञान होस् भनेर बेलाबेला खेलकुदसँगै वक्तृत्वकला, हाजिरीजवाफ, कविता, वादविवाद प्रतियोगितालगायतका अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको उनले बताए । शनिबार मात्रै कलेजले कोशी प्रदेशस्तरीय पब्जी प्रतियोगिता आयोजना गरेको थियो ।

तालिममा उद्घोषण तथा भाषणकलाका प्रशिक्षक मीनकुमार नवोदितले सहजीकरण गर्नेछन् । उद्घोषणकलाको तालिम लिँदा भविष्यमा हरेक क्षेत्रमा काम लाग्ने नवोदितले बताए । कुशल उद्घोषकले जस्तोसुकै सभा समारोहमा कुनै पनि विषयमा केन्द्रित रहेर आफ्ना विचार प्रकट गर्न सक्ने प्रशिक्षक नवोदितको दाबी थियो । कार्यक्रममा एचओडी म्यानेजम्यान्ट विभागका प्रमुख भूपाल मिश्र, आइटी विभागका प्रमुख सुमितकुमार साह, जनसम्पर्क अधिकृत लेसन सापकोटालगायतले विद्यार्थीका लागि तालिम फलदायी हुने विश्वास व्यक्त गरेका थिए । आइतबारदेखि सुरु तालिम शनिबारसम्म सञ्चालन हुनेछ ।

सम्बन्धित

ताजा अपडेट
चिन्न जीयर स्वामीद्धारा वैदिक सनातन धर्मको वैज्ञानिकता माथी विराटनगरमा धार्मिक प्रवचन
होलीलाई मर्यादित र विकृतिरहित रुपमा मनाउन मेयर कोइरालाको आग्रह
विराटनगरमा त्रिदण्डी चिन्न जीयर स्वामीजी आउदै, पञ्चकुण्डात्मक पाञ्चाह्रिक बह्मायज्ञ हुने

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल