Birat Post सोमबार, चैत्र ०४, २०८१ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर,३ चैत्र । घरेलु टिम पेमा स्पोर्टिङ्ग क्लब विराटनगरमा जारी पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइलनमा पुगेको छ ।
मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरको जुट मिल खेल मैदानमा सोमबार भएको खेलमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर रानीलाई २–० गोलले पराजित गर्दै पेमा स्र्पोटिङ्ग क्लब सेमिफाइलनमा पुगेको हो ।

जितको लागि पेवा स्पोर्टिङ्ग क्लबका हरी खवास र अनिल परियारले समान १–१ गोल गरे । खेलको ४९ औं मिनेटमा पेमा स्पोर्टिङ्ग क्लबले अग्रता लिएको थियो । अनिल परियाले निकालिदिएको पासलाई हरीले गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो गोल गरेको १९ मिनेट बित्न नपाउँदै पेमा स्पोर्टिङ्ग क्लबले अग्रता दोब्बर बनाए । ६८ औं मिनेटमा डिबक्स भित्रबाट गरेको कडा प्रहार प्रहरीको गोल रक्षक बाल्मीकि राईलाई लागेर फर्कियो । रिबाउन्ड भएर फर्किएको बललाई अनिले पोस्टको दिशा दिएका थिए । उनले गरेको गोलनै टिमको जित सुनिश्चित भयो ।

प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफसम्म गोलरहित खेल बराबरी भयो । दोस्रो हाफदेखि पेमा युवा क्बलले रणनीति बदलेर आक्रमक खेल्यो । त्यसपछि नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । पुलिसले दोस्रो हाफपछि पाएको सुन्दर गोल गर्ने आधा दर्जन प्रहार पेमा क्लबका गोल रक्षक निशान थापा मगर बाधक बनिदिए । पुलिसका मनोज सुब्बाले ७० औं मिनेटमा डिबक्स भित्रबाट गरेको प्रहार बाहिरियो । त्यसलगत्तै विकास राईले गरेको प्रहार पेमाका गोल किपर निशानले बिफल पारिदिए । प्रतियोगिताको प्लयेर अफ म्याच पेमा स्पोर्टिङ्ग क्लबका अनिल परियार घोषित भए । उनले नगद २ हजार १ सय पाए । मंगलबारको खेल भारत बिहारको बाइएससी खाखा झील कटिहार र सुनसरी इटहरीको टीएफसी तालतलैयाबीच प्रतिस्पर्धा हुनेछ ।

सम्बन्धित

ताजा अपडेट
निर्वाचन नजिकिँदै जाँदा शक्ति निर्माणको प्रतिस्पर्धामा नयाँ तथा पुराना दलहरु
जाँचबुझ आयोगमा बयान दिन जाने निर्णयमा पुगेको कांग्रेस नेता रमेश लेखकको भनाइ
विराटनगरमा जारी “विराट ट्रेड एक्स्पो”मा उपभोक्ता तथा दर्शकको चहलपहल बढ्यो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल