Birat Post शुक्रबार, बैशाख २६, २०८२ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२६ बैशाख / नेकपा (माओवादी केन्द्र)को भातृ संगठन योङ कम्युनिष्ट लीग (वाईसीएल) मोरङको अध्यक्षमा योगेन लिम्बू चयन भएका छन् । वाइसिएल मोरङको तेस्रो जिल्ला सम्मेलनबाट लिम्बूको नेतृत्वमा ७१ सदस्यीय नयाँ समिति चयन भएको हो ।

समितिको उपाध्यक्षमा मोहम्मद रेहान, कमल लिम्बू र कृतिका खनाल चयन भएका छन् । साथै, सचिवको जिम्मेवारी सुशन खड्का चयन भएका छन् । सह–सचिवमा रोशन राई, जमिन मङ्ग्राती र महेन्द्र सोनार चयन भएका छन् भने कोषाध्यक्षमा इन्द्रबहादुर राई चयन भएका छन् । अध्यक्ष योगेन लिम्बूले कार्यभार ग्रहण गर्दै युवा सशक्तीकरण, सामाजिक परिवर्तन र जनहितका कार्यहरूलाई प्राथमिकता दिने बताएका छन् ।

नवनिर्वाचित उपाध्यक्ष मोहम्मद रेहानले वाईसिएल नेपाल मोरङले आगामी दिनहरूमा समुदायको लागि थप प्रभावकारी र उपयोगी योजनाहरू ल्याउने योजना बताए । सम्मेलनको उद्घाटन माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा वाइसिएलका पूर्वअध्यक्ष रामप्रसाद सापकोटाले गरेका थिए ।

सम्ेमलनमा माओवादी पार्टीका विभिन्न नेता र अन्य सामाजिक संस्थाका प्रतिनिधिहरूले नयाँ समितिलाई बधाई र सफल कार्यकालको शुभकामना दिए । नयाँ नेतृत्वले संगठनलाई थप सशक्त र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल