Birat Post आइतबार, जेठ ११, २०८२ मा प्रकाशित

featured photo: Birat Post

झापा ११ जेष्ठ : इलाममा जङ्गली च्याउका तरकारी खाएका तीनै जनाको ज्यान गएको छ । माङसेबुङ गाउँपालिका–५ का ५५ वर्षीय अमर लावती, २५ वर्षीया मनिषा लिम्बू र १७ वर्षीया नुमा लावतीको ज्यान गएको हो ।

झापाको बिर्तामोडमा रहेको बीएनसी अस्पतालका सूचना अधिकारी डा. अनुपम घिमिरेका अनुसार ६ दिनअघि चिया बगानमा उम्रिएको च्याउ खाएका उनीहरू एक्कासी बिरामी परेका थिए ।

मनिषा र नुमाको विराट नर्सिङ अस्पताल विराटनगर र यसअघि नै ज्यान गएको थियो । लावतीको आज बीएनसी अस्पतालमा ज्यान गएको हो । हरेक वर्षायाममा जङ्गलबाट ल्याएको च्याउ खाँदा कैयौंको अकालमा ज्यान गइरहेको छ । नेपालमा झन्डै एक हजार तीन सय प्रजातिका च्याउ पाइनेमा झन्डै एक सय प्रजातिका च्याउ विषालु रहेका जडीबुटी तथा वनस्पति विज्ञ डा. मित्र पाठकले बताए ।

च्याउ हेरेर विषालु छ कि छैन भन्न कठिन छ । तर किरा नलागेको, नमिठो गन्ध आएको, झुसको मात्रा धेरै भएको, रङ्गीचङ्गी, भाँच्दा दूध वा चोप निस्कने च्याउ विषालु हुन्छ । यस्तै विषालु च्याउको छाताका काँडा तथा गिर्खा हुन्छ । डाँठमा औँठी हुन्छ । फेदमा कचौरा वा थैलोजस्तो भाग हुन्छ । यी गुणले पनि विषालु च्याउ चिन्न सकिन्छ । राम्रोसँग नचिनिकन जङ्गली च्याउ नखानु नै उत्तम हुने डा. पाठकको सुझाव छ ।

सम्बन्धित

ताजा अपडेट
नेपालले वेस्ट इन्डिजविरुद्ध तीन टी-२० आई खेलको सिरिज खेल्ने
नेतृ शैलजा आचार्यको १६ औं स्मृति दिवस : निष्ठा र त्यागको चर्चा गर्दै पोलिटेक्निकद्धारा विविध कार्यक्रम सम्पन्न
दिल्लीमा गर्मीको लहर : रेड अलर्ट जारी

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल