Birat Post बिहिबार, जेठ २२, २०८२ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२२ जेष्ठ । विश्व वातावरण दिवसको अवसरमा विराटनगरस्थित हिमालय दर्शन कलेजले सडक सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । वातावरणीय सचेतना अभिवृद्धि गर्न उद्देश्यले उक्त कार्यक्रम बिहीबार विहान आयोजना गरिएको हो ।

कार्यक्रम कलेज परिसरबाट सुरु भई ट्राफिक चोक हुँदै रोडशेष चोकसम्म सरसफाइ गरिएको थियो । कलेजमा अध्ययनरत करिब ६५ जना विद्यार्थीहरू सहभागी रहेको सरसफाइ कार्यक्रममा उनीहरूले प्लाष्टिक, कागज, धुलोमाटो लगायत फोहोर संकलन गर्दै वातावरण सफा राख्नमा जनचेतना फैलाउने कार्यसमेत गरे ।
हिमालय दर्शन कलेजका प्रमुख भरत सापकोटाका अनुसार, सरसफाइ कार्यक्रम विश्व वातावरण दिवसकै सन्दर्भ पारेर आयोजना गरिएको बताए । उनका अनुसार वातावरण संरक्षण केवल सरकारी निकायको दायित्व नभएर हरेक नागरिकको जिम्मेवारी भएकाले विद्यार्थीहरूलाई सामाजिक कार्यमा पनि सक्रिय बनाउन कलेजले यस्ता कार्यक्रम सञ्चालन गरेको बताए ।
‘आजको युगको सबैभन्दा ठूलो चुनौती वातावरण प्रदूषण हो,’ कलेज प्रमुख सापकोटाले भने, ‘विशेषगरी प्लाष्टिकजन्य वस्तुको अत्यधिक प्रयोगले वातावरणीय सन्तुलन बिग्रँदै गएको छ । त्यसैले हामीले प्लाष्टिकजन्य फोहोर हटाउने अभियानलाई प्राथमिकतामा राखेर कार्यक्रम गरियो ।’

यस कार्यक्रमको आयोजना हिमालय दर्शन कलेज अन्तर्गतको टुरिजम क्लबको पहलमा गरिएको हो । कलेजमा बीएचएम (ब्याचलर इन होटल म्यानेजमेन्ट) अध्ययनरत विद्यार्थीहरूको संयोजनमा उक्त क्लब स्थापना गरिएको हो । क्लबले सरसफाइ कार्यक्रम आयोजना गर्दै सामाजिक उत्तरदायित्वमा विद्यार्थीको सक्रियता जनाउँदै आएको छ ।
सरसफाइ कार्यलाई थप व्यवस्थित बनाउन विद्यार्थीहरूलाई आधा दर्जन समूहमा विभाजन गरिएको थियो । हरेक समूहले तोकिएको क्षेत्रमा सडक सफा गर्ने कार्य सम्हाल्यो । कार्यक्रमको दौरानमा फोहोरलाई वर्गीकरण गरी फाल्ने, प्लाष्टिकजन्य वस्तुहरूको असरबारे जनचेतना फैलाउने लगायत गतिविधिहरू समेत गरिएको थियो ।

कार्यक्रममा बीएचएमका साथै अन्य संकायमा अध्ययनरत विद्यार्थीहरूको पनि उल्लेखनीय सहभागिता थियो । सबै सहभागीहरूले जनहितका यस्ता सामाजिक कार्यमा निरन्तर सहभागी भइ वातावरण जोगाउन भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
कलेजका प्राध्यापक, व्यवस्थापक, तथा क्लब संयोजकहरूले सरसफाइ अभियानको सफलतामा महत्वपूर्ण भूमिका खेलेका थिए । कार्यक्रमले विद्यार्थीहरूमा सामाजिक चेतना र वातावरणप्रति जिम्मेवारीको भावना विकास गराएको सहभागिहरूको धारणा थियो ।
हिमालय दर्शन कलेजले आगामी दिनहरूमा पनि वातावरण संरक्षण, प्लाष्टिक न्यूनिकरण, हरियाली विस्तार लगायत विषयमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको जानकारी दिएको छ । आयोजित उक्त कार्यक्रममा कलेजका विद्यार्थी, शिक्षक तथा टुरिजम क्लबका सदस्यहरूको सहभागितामा कार्यक्रम रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
बागमती कांग्रेस संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित
भैरहवामा सुरु भयाे रास्वपाकाे संसदीय दलको बैठक
कोशीमा हात्तीको आक्रमणबाट दुई दशकमा ९७ जनाको मृत्यु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल