Birat Post बुधबार, माघ २९, २०७६ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २९ माघ ,
विराटनगर स्थित –१० मा रहेको अरनिको सेकेण्डरी स्कूलमा भएको ४ दिने ‘अरनिको स्पोर्ट्स मिट २०७६’ को समापन भएको छ । चार दिनसम्म ट्रयाक इभेन्टस् , फिल्ड इभेन्टस्,ग्रुप इभेन्टस्लगायतका विभिन्न खेलकुद प्रतियोगिता गर्दै स्पोर्टस मिट बुधबार सम्पन्न भएको हो । स्पोर्ट्स मिटमा एक दर्जन बढी खेलहरू समावेश गरिएको थियो । स्पोर्ट्स मिटमा दौड, ज्याभ्लिङ्ग थ्रो, भलिबल, फुटबल, स्पोन रेस, सटपुट, कवडी, टेवलटेनिस, क्रिकेट, फुटबल ब्याडमिन्टनलगायतको खेलहरू समावेश गरिएको स्कूलका भाइस प्रिन्सिपल शरण गौतमले जानकारी दिए । उक्त स्पोर्ट्स मिटमा नर्सरीदेखि कक्षा १० सम्मका ७ सय विद्यर्थाीहरूले भाग लिएको स्कूलले जनाएको छ ।

विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले स्कूलले प्रत्येक वर्ष यस्तो गतिविधिहरू गर्दै आएको प्रिन्सिपल राजेश कार्कीले बताए । विजयी हुने विद्यार्थी खेलाडिहरुलाई स्कूलका प्रिन्सिपल राजेश कार्की, भाइस प्रिन्सिपल शरण गौतम तथा सञ्चालकहरु लक्ष्मी अधिकारी, विकाश खनाल, निलम अधिकारी र शैलेश झागायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल