Birat Post शुक्रबार, फाल्गुण २३, २०७६ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौ २३ फागुन /
स्थानीय निकायबाट सेवा प्रवेश गरेका कर्मचारीहरुले एक तह बढुवाको माग गरेका छन् । दुई नम्बर प्रदेश बारा र पर्सा जिल्लाका स्थानीय तह कर्मचारी संघ , स्थानीय तह कर्मचारी युनियन , नेपाल नगरपालिका एशोसिएसन लगायतको अगुवाइमा बिहीबार काठमान्डौं पुगी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमलाई १४ बुँदे ज्ञापनपत्र बुझाएका हुन् ।

कर्मचारी समायोजन गर्दा संघमा रहेका कर्मचारीलाई एक तह बढुवा र योग्यता नपुगेका कर्मचारीलाई दुई ग्रेड वृद्धि गरेर स्थानीय तह र प्रदेशमा पठाएको थियो । संघबाट प्रदेश वा स्थानीय तहमा समायोजन भएर कर्मचारी आउँदा जुनियर कर्मचारी पनि माथिल्लो तहमा पुगेको र सोही अनुरुप आफुहरुको समेत बढुवा हुनुपर्ने माग गरिएको छ । यस्तै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत हुनुपर्ने माग समेत उनीहरुले राखेका छन् । यो माग स्थानीय तहमा काम गरिरहेका सवै कर्मचारीको साझा माग भएकाले पुरा गर्न समेत अपिल गरिएको स्थानिय तह कर्मचारी संघका सचिव गंगा साहले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल