Birat Post आइतबार, चैत्र ०२, २०७६ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौ २ चैत्र /
कोरोना भाइरस बाट नेपालमा हालसम्म कुनै सक्रमण नभएको सरकारले स्पष्ट पारेको छ । चीनबाट फैलिएको कोरोनाको सङ्क्रमण विश्वका १५२ देशमा फैलिएको र हालसम्म पाँच हजार ८४९ को मृत्यु भइसकेको तथ्याङ्क सार्वजनिक भए पनि नेपालमा ४६४ जनामा परीक्षण गरिँदा हालसम्म सङ्क्रमित फेला नपरेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जानकारी दिए ।

राष्ट्रियसभाको आइतबारको बैठकमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिँदै स्वास्थ्यमन्त्री ढकालले कोरोनाको सम्भावित जोखिम नियन्त्रणका लागि विशेष सतर्कता अपनाइएको बताए । संघीय सरकारले प्रदेश तथा स्थानीय तहको सरकारसँग प्रभावकारी समन्वय सक्रमण फैलन नदिने विशेष सतर्कता अपनाएको जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण हुनुभन्दा अघि गत फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा आठ मन्त्री सम्मिलित अधिकारसम्पन्न समिति गठन गरेको छ । उनले उक्त समितिको एक दिन बिराएर बैठक बसी कोरोनाको सङ्क्रमण रोक्न सम्भावित जोखिम न्यूनीकरणका लागि विशेष सतर्कताकासाथ काम अघि बढाइएको सदनलाई जानकारी दिए ।

आइतबारै मात्र सातै प्रदेशका मुख्यमन्त्री तथा सामाजिक विकास मन्त्रीसहितको बैठकको आयोजना गरेर केन्द्रदेखि स्थानीयतहसम्म समन्वय गरी एकीकृत स्वास्थ्य सुरक्षा सतर्कता अपनाइने जानकारी उनले दिए ।

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल