Birat Post शुक्रबार, चैत्र २८, २०७६ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर, २८ चैत ।

कोरोना भाईरसका शंकास्पद विरामीको नमूना परिक्षणका लागि कोशी अस्पताल विराटनगरमा राखिएका ल्यावको प्रदेश नं. १ का मुख्यमन्त्री  शेरधन राईले निरिक्षण गरेेेका छन् ।

कोरोना भाईरसको कोशी अस्पताल विराटनगरबाट शंकास्पद व्यक्तिको नमूना परीक्षण शुरु गर्नुपुर्व मुख्यमन्त्री राई, सामाजिक विकास मन्त्री  जीवन घिमिरेले ल्यावको निरीक्षण गरेका हुन् ।

ल्यावको निरीक्षण गर्दै मुख्यमन्त्री राईले कोशी अस्पतालमा राखिएको ल्याव काठमाण्डौं पछिको ठुलो र धेरैले सेवा लिन सक्ने बताए । उनले विराटनगरको ल्यावबाट दैनिक बढीमा २ सय सम्मको नमूना संकलन गर्न सकिने बताए ।

कोरोना परीक्षणका लागि आवस्यक उपकरणहरु र केमिकलहरु विहिबार हेलिकप्टरबाट विराटनगर ल्याइएको थियो । कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेन्डेन्ट डा. संगीता मिश्रले आज ,भाेलीवाटै परिक्षण शुरूवात गरिने बताईन्।

प्रदेश १ का १४ वटै जिल्लामा रहेका क्वारेन्टाईनमा बसेकाको टेष्टका लागि आवस्यक सामान किट र पीपीई  पठाउन लागिएको मन्त्री घिमिरेले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
जाँचबुझ आयोगमा बयान दिन जाने निर्णयमा पुगेको कांग्रेस नेता रमेश लेखकको भनाइ
विराटनगरमा जारी “विराट ट्रेड एक्स्पो”मा उपभोक्ता तथा दर्शकको चहलपहल बढ्यो
विराटनगरमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल