Birat Post शनिबार, बैशाख २०, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर २० बैशाख /
विराटनगर महानगरपालिकाले कोशी अस्पताललाई स्वाब बुथ हस्तान्तरण गरेको छ । यस अघि महानगरले अस्पताललाई औषधि छर्कने र खाना बोक्ने रोबर्ट प्रदान गरेको थियो । यस्तै मेयर भीम पराजुलीले कोशी अस्पतालको पीसीआर ल्याबको स्तरोन्नतीका लागि १० लाख रकम उपलब्ध गराउने समेत बताएका छन् । कोभिड १९ उपचार तथा परीक्षणका लागि आवश्यक पर्ने किटको अभाव नहोस भन्ने उदेश्यका साथ महानगरले उक्त रकम प्रदान गर्न लागेको मेयर पराजुलीले जानकारी दिए ।

अस्पतालकी निमित्त मेडिकल सुप्रिटेन्डेन्ट डा.संगीता मिश्राले कोरोना परीक्षणका लागि किट अभाव हुदै गएको बताइन् । किट अभाव हुन नदिन आबश्यक पहल भइरहेको उनको भनाइ थियो । महानगरले उपलब्ध गराएको स्वाब बुथबाट स्वास्थ्यकर्मीलाई काम गर्न सजिलो हुने बताइन् ।सवैक्षेत्रवाट भएको सहयोगका कारण कोरोना सक्रमणमा खटिएका डाक्टर तथा कर्मचारीको हौसला बढिरहेको बताइन् ।

महानगरले पनि कोरोनाको शंकास्पद विरामीको परीक्षणमामा स्वाब बुथ फलदायी हुने अपेक्षा गरेको छ । पीपीइ सेटको समेत आबश्यकता नपर्ने हुदा चिकित्सकहरुलाई सहज हुने छ । हस्तान्तरणका क्रममा विराटनगर महानगरका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्की   ,सामुदायीक विकास शाखा प्रमुख पुनम दाहाल लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरूमाथिको बल प्रयोग र पालिका मार्फत धम्क्याउनु गलत : शेखर कोइराला
पत्रकार कार्कीको तिलगंगामा उपचार हुँदै, दुवै आँखामा गम्भीर चोट
आज भूकम्प स्मृति दिवस, सचेतनामूलक कार्यक्रम गरी मनाइँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल