Birat Post आइतबार, बैशाख २१, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर २१ बैशाख ।
विराटनगर महानगरका मेयर भीम पराजुलीले आँखामा चोट लागेकी फुटबल खेलाडी समिक्षा मगरलाई २५ हजार रुपैया प्रदान गरेका छन् । आइतबार विराटनगरमा रहेको विराटनगर आँखा अस्पतालमा उपचाररत मगरसंगको भेटका क्रममा उनले उक्त रकम प्रदान गरेका हुन् । रकम सानो भए पनि उपचारमा सहयोग पुग्ने अपेक्षाका साथ प्रदान गरिएको मेयर पराजुलीले बताए ।

उदयपुरको बेलका नगरपालिका ५ निवासी १६ वर्षीया समिक्षाको बैशाख १२ गते घरखेतमा काम गर्ने क्रममा आँखामा चोट लागेको थियो । बन्दा बन्दीका कारण उपचारमा भएको कठिनाइका कारण आँखाको इन्फेक्सन बढेको थियो । हाल केही सुधार भएको आखा अस्पतालले जनाएको छ ।

यस्तै अखिल नेपाल फुटबल संघ एन्फाले फुटबल खेलाडी समिक्षा मगरको सम्पूर्ण उपचार खर्च ब्यहोर्ने जनाएको छ । मगरसंगको भेटका क्रममा एन्फाका प्रवक्ता किरण राईले बिरामी खेलाडीको उपचार खर्च ब्यहोर्ने जनाएका हुन् । एन्फाले आर्थिक रुपमा कुनै किसिमको समस्या हुन नदिने समेत राइले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित

ताजा अपडेट
म्याक्स हस्पिटलले सुरु गर्यो कोभिड अस्पताल, विराटनगर महानगरले आवश्यक सहयोग गर्ने
नागरिक समाजका अगुवा, उद्योगी तथा समाजसेवीहरुको अगुवाईमा विराटनगरमा १ सय बेडको नागरिक केयर सेन्टर बन्दै
आज ३०९३ कोरोना संक्रमित थपिँदा २१०८ जना डिस्चार्ज, थप ८ जनाको मृत्यु

लोकप्रिय

सम्पर्क

 विराटपोष्ट डिजिटल प्रा.लि.

बिराटनगर – मोरङ ,नेपाल
कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५
सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

 सम्पादक

प्रतिक्षा खतिवडा

संंवाददाता
रोशिका अधिकारी

सञ्चालक तथा प्रबन्धक निर्देशक

कौशल निरौला

बिज्ञापनका लागि :

९८१२३०६६६०

९८१४३८५२१४

०२१ ४२०१०६

 विराटपोष्ट डिजिटल प्रा.लि.

बिराटनगर – मोरङ ,नेपाल