Birat Post बुधबार, जेठ ०७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

मोरङ ७ जेष्ठ ।
आरम्भ नाट्य डबली कला साहित्य मञ्चले रतुवामाई नगरपालिका वडा नं. ९ नयाँवस्तीका अति विपन्न परिवारलाई राहत वितरण गरेको छ । कोभिड १९ को संक्रमणका बेला लकडाउनका कारण प्रभावित टोलका अति विपन्न ८ घरपरिवारलाई राहत वितरण गरेको हो । चुलो बल्न समस्या भएका परिवारलाई राहत वितरण गरिएको मञ्चका सह–सचिव हरि नेपालले जानकारी दिए ।

राहतमा प्रत्येक परिवारलाई १५ के.जी. चामल, १ के.जी. दाल, १ प्याकेट नुन र एउटा सावुन वितरण गरिएको थियो । नयाँ बस्तीमा आठ घरपरिवारको चुलोमा आगो बल्न समस्या भएको सुचना संगै आरम्भ परिवारले उनिहरुको घरदैलोमै पुगेर राहत बाढेको हो । मन्चका अध्यक्ष समिर सुवेदीले विपन्न बर्गको घरमा चुलो बलोस भन्ने उदेश्यका साथ राहत वितरण गरेको बताए ।

कलाकारवाटै रकम तथा चामल संकलन गरी राहत सामाग्री जुटाएको सुवेदीले बताए । राहत वितरण कार्यक्रममा मन्चका सदस्यहरु गोमा लुईटेल, निशा खड्का, सन्जु भट्टराई सविन भट्टराई, रञ्जना बुढाथोकी लगायत सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित

सम्पर्क

 विराटपोष्ट डिजिटल प्रा.लि.

बिराटनगर – मोरङ ,नेपाल
कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५
सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

 

 प्रमुख सम्पादक : प्रतिक्षा खतिवडा

संंवाददाता
सुजन निरौला
रोशिका अधिकारी
लोकेश पोख्रेल
संचालक तथा सम्पादक 

कौशल निरौला

बिज्ञापनका लागि :

९८१२३०६६६०

९८१४३८५२१४

०२१ ४२०१०६