Birat Post बिहिबार, जेठ १५, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौ १५ जेष्ठ ।
सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ९० अर्ब ६९ करोड रुपैयाँ विनियोजन गरेको छ । कोरोनाका कारण समस्याग्रस्त बन्दै गएको पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै सरकारले स्वास्थ्यक्षेत्रलाई बिशेष प्राथमिकता दिएको छ । आर्थिक वर्ष २०७७–७८ को बजेट अर्थमन्त्री युवराज खतिवडाले बिहिबार सार्वजनिक गरेका अन्य कार्यक्रम भन्दा स्वास्थ्य क्षेत्रको कार्यक्रमको चर्चा बढी हुन थालेको छ ।

सरकारले कोरोना रोकथामका लागि ६ अर्ब छुट्टाएको छ । स्वास्थ्यकर्मीको ५ लाखको निःशुल्क बीमा , एक चिकित्सक एक स्वास्थ्य संस्था कार्यक्रमका शुरुवात गर्न ५ अर्व १० करोड छुट्टाएको छ । स्वास्थ्य पूर्वाधार विकासका लागि १२ अर्ब ४६ करोड, स्थानीय तहमा २ सय ७२ अस्पताल स्थापना गर्न १४ अर्ब २७ करोड,कोरोना बीमामा ५० प्रतिशत प्रिमियम सरकारले तिर्ने, ३ सय शंयाको सरुवा रोग अस्पताल बनाइने, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च दोब्बर बनाउने,कान्ति बाल अस्पतालमा थप आईसीयू बनाउने, राजमार्गमा ट्रमा सेन्टर स्थापना गर्ने , विपदको बेलामा निजी क्षेत्रका अस्पताललाई उपयोगमा ल्याउन सक्ने व्यवस्था गर्ने, निरोगी नेपाल अघि बढाउन सन्तुलित आहार स्वस्थ जीवनशैलीका लागि आयुर्वेद उपचार पद्धति र व्यायामशाला योग केन्द्र लगायतको सञ्चालन गर्ने , राष्ट्रिय रोग निदान केन्द्र स्थापना गर्ने , निजी अस्पतालले जिल्ला अस्पतालमा अनिवार्य विशेषज्ञ सेवा दिने व्यवस्था गरिने, आगामी वर्ष नेपाललाई पूर्ण खोपयुक्त घोषणा गर्ने लगायतका कार्यक्रम सार्बजनिक गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
जाँचबुझ आयोगमा बयान दिन जाने निर्णयमा पुगेको कांग्रेस नेता रमेश लेखकको भनाइ
विराटनगरमा जारी “विराट ट्रेड एक्स्पो”मा उपभोक्ता तथा दर्शकको चहलपहल बढ्यो
विराटनगरमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल