Birat Post बुधबार, जेठ २१, २०७७ मा प्रकाशित

featured photo: Birat Post

लोकेश पोख्रेल
विराटनगर २१ जेष्ठ ।
विराटनगर महानगरपालिका वडा नं ३ मा कवर्ड हल तथा जिमखाना निर्माण हुने भएको छ । बुधबार एक अनौपचारिक कार्यक्रमका वीच विराटनगर महानगरपालिकाका मेयर भीम पराजुुलीले कवर्ड हल तथा जिमखानाको शिलान्यास गरेका छन् । राजधानी युवा क्लवको प्राङ्गणमा रहेको १ कठ्ठा १७ धुरमा निमार्ण हुने कवर्डहल तथा जिमखानाका लागि महानगरले १० लाख छुट्टाएको छ । सो अवसरमा बोल्दै मेयर पराजुलीले ब्यायाम सहित खेलकुदको क्षेत्रको विकासमा महानगरले काम गरिरहेको बताए ।

यस्तै वडा नं. ३ का वडाध्यक्ष विनोद बस्नेतले जिमखाना र कवर्डहलको निर्माणले वडास्तरमा उत्पादन हुने खेलाडीको संख्या बढ्ने अपेक्षा गरेको बताए । कार्यक्रममा राजधानी युवा क्लबका अध्यक्ष राजेन्द्र प्रसाद अधिकारी ,वडासदस्य कैलाश भट्टराई, निर्माण कमिटीका अध्यक्ष भीम कुमार राई, लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित

ताजा अपडेट
विराटनगरका कोरोना संक्रमितको काठमान्डौमा प्लाज्माथेरापी विधिबाट उपचार
आज २४६ जनामा कोरोना संक्रमण पुष्टि, थप १११ जना डिस्चार्ज
मोरङका १६ सहित प्रदेश एकमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि

लोकप्रिय

सम्पर्क

                  विराटपोष्ट डिजिटल प्रा.लि.

बिराटनगर – मोरङ ,नेपाल
कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५
सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

 

 

प्रमुख सम्पादक : प्रतिक्षा खतिवडा

संंवाददाता
सुजन निरौला
रोशिका अधिकारी

विनोद पोखरेल (काठमान्डौ)
सन्तोष सिग्देल (कोरिया)

संचालक तथा सम्पादक : कौशल निरौला
बिज्ञापनका लागि :

९८१२३०६६६०

०२१ ४२०१०६